“स्वास्थ्य संस्थामा आउँदा भन्नु र घरमै गएर आमासंगै वच्चा समातेर दिएको सल्लाहमा फरक हुँदो रहेछ”:शुक्लाफाँटा नगरपलिकाका पोषण कार्यक्रम संयोजक निलावती भट्ट । (अडियो सहत)
धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले मातृशिशु मृत्युदर शुन्यमा झार्न र नव शिशुलाई पनि उपयुक्त हुने भएकाले स्वास्थ्य संस्थामा प्रसूति भएका महिलाहरुको घरमै गएर स्वास्थ्यकर्मी मार्फत जाँच गराउने काम गर्दै आएको छ ।
महिला र शिशुको अवस्थाबारे जानकारी लिनका लागि स्वास्थ्यकर्मीहरु घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने गरेको नगरपालिकाका स्वास्थ्य पोषण कार्यक्रम संयोजक निलावती भट्टले वताउनुभयो ।
उहाँले भन्नुभयो “ २४ घण्टाको चेकजाँच स्वास्थ्य संस्थामै हुन्छ तर तीन दिन र सात दिनको भेटका लागि उहाँहरु संस्थामा बोकेर ल्याउन नसक्ने भएकाले स्वास्थ्यकर्मी नै घरमा गएर चेकजाँच गरि वच्चा र आमाको स्वास्थ्य र खानपानको अवस्थाका बारे बुझ्ने र आवश्यक सर–सल्लाह दिने गरेका छौँ”
महिला र शिशुको स्वास्थ्यमा देखिनसक्ने जटिल अवस्था निवारण गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने व्यवस्था मिलाइएको तथा प्रसूति भएका महिलालाई पोषिलो खाने कुरा खुवाउने, शिशुलाई स्तनपान गराउने तरिकाबारे पनि जानकारी दिने गरिएकोे उहाँले वताउनुभयो ।
यसरी स्वास्थ्यकर्मी घरमै गएर आमालाई भेट्दा स्वस्थ्य संस्थामा दिएको सल्लाह भन्दा प्रभावकारी भएको पनि उहाँको भनाई छ । “ स्वास्थ्य संस्थामा आउँदा भन्नु र घरमै गएर उहाँको वच्चा समातेर दिएको सल्लाहमा फरक हुँदो रहेछ । अझै विश्वास बढ्दो रहेछ ” उहाँले भन्नुभयो ।
घरमा जाँदा थाहा नभएका कुराहरु पनि थाहा हुनेगरेको उहाँ वताउनुहुन्छ । कुनै वेला वच्चा विरामी नै नपरी ज्यान गएको पनि भेखिएको छ । आमा वा वच्चाहरु विरामी परे सम्भव भए उपचार पनि गर्ने गरिएको र नभए अन्य अस्पतालमा रेफर गर्न पनि सजिलो हुन्छ । यसले स्वास्थ्यकर्मीलाई पनि तथ्याङ्क संकलनमा सहयोग पुग्ने उहाँले वताउनुभयो । कोभिडको समयमा घरघरमा गएर परिक्षण गरिएको छैन । महिलाहरु एकै ठाउँमा जम्मा हुने गरेकाले जोखिम पनि बढ्न सक्छ । त्यसैले स्वास्थ्यकर्मीले आवश्यक सुझानव दिने गरेका छन ।
अहिले उक्त नगरपालिकामा मातृमृत्यु शुन्यमा झरेको छ भने वाल मृत्युदर पनि कम हुँदै गएको छ । संस्थागत सुत्केरी पनि बढिरहेको छ । महिलाहरुमा विश्वास पनि बढ्नुका साथै उहाँहरुले पाउने सेवा सुविधाहरु स्वास्थ्यकर्मीहरु मार्फत घरमै पाउँदा खुसी भएका छन ।