धनगढी उप–महानगरपालिकामा ८० प्रतिशत नागरीकले कोरोना विरुद्धको पुर्ण मात्रा खोप लगाए ।

धनगढी ।  धनगढी उप–महानगरपालिकामा ८० प्रतिशत नागरीकले कोरोना विरुद्धको पुर्ण मात्रा खोप लगाएका छन् । उप–महानगरपालिकामा गत माघ महिनादेखि खोप लगाउन सुरु भएकोमा हालसम्म १८ बर्षमाथिका १ लाख १९ हजार ५ सय ८८ जना अर्थात ८३ प्रतिशतले पहिलो मात्रा र ९० हजार ४ सय ४ जना अर्थात ८० प्रतिशतले पुर्ण मात्रा खोप लगाएका छन् ।
यस्तै माघ १८ गते देखि २१ गतेसम्म सञ्चालन भएको बालबालिका लक्षित मोडर्ना खोप अभियानमा १० हजार ३ सय ९३ छात्रा र १० हजार ६ सय ९५ छात्र गरी जम्मा २१ हजार ३ सय ३० जना बालबालीकाहरुले मोडर्ना खोपको पहिलो मात्रा लगाएका स्वास्थ शाखा प्रमुख कृष्ण बहादुर बोहोराले वताउनुभयो ।
उप–महानगरपालिकामा बुस्टर डोज लगाउनेको संख्या करिब २ हजार रहेको उहाँले जानकारी दिनुभयो । दुई चरणमा सञ्चालन भएको खोप अभियानका कारण उप–महानगरपालिकामा कोरोनाको संक्रमणमा कमि आएको स्वास्थ शाखा प्रमुख बोहोराले बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.