कैलाली जिल्लामा फागुन २८ गतेदेखि हात्तिपाइले विरुद्धको औषधि खुवाईने

धनगढी । कैलाली जिल्लामा यही २०७८ फागुन २८ गतेदेखि हात्तिपाइले रोग निवारणका लागि आम नागरिकलाई हात्तिपाइले विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिने भएको छ । कैलालीमा हात्तिपाइले रोगको निवारण नभएकाले फागुन २८ गतेदेखि चैत १५ गतेसम्म १० औँ चरणको अभियान स्वरुप सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । यस कैलाली जिल्लामा सन् २०१२ देखि हात्तिपाइले बिरुद्धको औषधी खुवाउने अभियान सुरु गरिएको भए पनि हालमम्म रोगको निवारण हुननसकेको सम्बद्ध पक्षको भनाइ रहेको छ ।

पछिल्लो १०औँ चरणको अभियान अन्र्तगत यस पटक भने उचाईका आधारमा ३ किसिमका औषधी खुवाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो । उहाँकाअनुसार पाँचौ चरणसम्म निरन्तर औषधिको सेवन गरेमा रोगको निवारण हुन्छ । तर नागरिकले चरणबद्ध रुपमाऔषधी सेवननगेका कारण १० औँ चरणमा आइपुग्दासम्म पनि निवारण गर्न नसकिएको हो ।यस जिल्लाका १३ वटै स्थानीय तहका तोकिएका विभिन्न ठाँउबाट अभियान सञ्चालन गरिनेछ ।

कैलालीको कुल जनसङख्यामात्रै ८ लाख ९७ हजार ३ सय ८२ रहेकोमा करिब ८ लाख ६९ हजार ८ सय ६९ जनालाई हात्तिपाइले विरुद्धको औषधी सुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख धामीले जानकारी दिनुभयो । हालसम्म नेपालका ६३ जिल्लामा हात्तिपाइले विरुद्धको औषधी खुवाउन सुरु गरिएको छ । जसमध्ये ४८ जिल्लामा यो रोगको निवारण भइसकेको छ भने बाँकी १० जिल्लामा भने रोगको निवारण हुन सकेको छैन । यिनै १० जिल्लामध्ये अन्तराष्ट्रिय सिमानाकासंग जोडिएका कैलाली,बाँके,दाङ, कपिलबस्तु र मोरङ गरी ५ जिल्लामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित ठहर गरेका ३ थरीका आईवरम्याक्टिन, डाईथाईलकार्मनजेपाईन र अल्बेन्डाजोल औषधी खुवान लागिएको जानकारी दिएको छ । त्यस्तै अन्य जिल्लाको हकमा भने गरी दुई थरीका औषधी सेवन गराइनेछ ।
पत्रकारसँगको भटेघाटमा स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले गर्भवती महिला तथा ७ दिन भित्रका सुत्केरी आमा, २ बर्ष मुनिका बालबालिका तथा सिकिस्त बिरामी भइ अस्पताल भर्ना भएकाबाहेक सबैलाई औषधी सेवन गर्न आग्रह समेत गर्नुभएको छ । (अडियो सहित)

Leave A Reply

Your email address will not be published.