विकास पूर्वाधार स्तम्भः कैलाली र कञ्चनपुरमा,जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भइरहेका ४३७ घरको अवस्था के छ ? शहरी विकास तथा भवन कार्यालय धनगढीका प्रमुख गोविन्द देवकोटासंगको कुराकानी। (अडियो सहित)
विकास आफैमा एउटा बृहत अवधारणा हो भने लगानीको प्रत्याभूति हुनु त्यसको पूर्वाधारको सुनिश्चितताको आधार । लगानी जस्तोसुकै अनुपातको किन नहोस् त्यसले महत्वपूर्ण कार्यको सुत्रपात समेत गर्दछ । जुन गतिशील विकास पूर्वाधारको समुचित आकार पनि हो । स्वायत्त शासन ऐेनले प्रदान गरेको अधिकारका आधारमा स्थानीय स्तरमा साना ठुला लगानीका योजना आयोजनाहरुप्रति स्थानीय जनताको समग्र चिन्ताचासो बढेको हुनैपर्छ । स्थायी विकासको गतिलाई अभिबृद्धि गर्दै स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय विकास पूर्वाधारका अनेकौं सवालहरुलाई मुखरित गर्ने गरी आजको यस अंकमा भने शहरी विकास तथा भवन कार्यालय धनगढीका प्रमुख गोविन्द देवकोटासंग कैलाली,कञ्चनपुरमा निर्माण भइरहेका घरहरु कहिलेसम्म पुरा हुन्छ भनेर कुराकानी गरेका छौँ। (सुन्नुहोस)