कानून विषय प्रति विद्यार्थीहरुको चासो बढ्दो, उचित र पर्याप्त पाठ्यक्रमको विकाससंगै कानूनी प्रणालीहरूको तुलनात्मक अध्ययनको आवश्यकता । ( रेडियो रिपोर्ट)
धनगढी । गत वर्षदेखि सुदुरश्चिम विश्व विद्यालयले केन्द्रिय क्याम्पस र विभिन्न आङ्गीक क्याम्पसहरुमा स्नातक तहमा कानुन विषय पढाईरहेको छ । त्यसो त कानुन कुनै पनि समाज, राष्ट्रलाई व्यवस्थित रुपमा सञ्चालन गरी नागरिकलाई हकहित, अधिकार, कर्तव्य, दायित्व, उत्तरदायित्व, न्याय प्रदान गरी अन्याय गर्ने व्यक्तिलाई दण्ड, सजायको भागीदार गराई राज्यमा सुशासन कायम गरी सुदृढ र सक्षम राष्ट्र गराउने एक महत्वपूर्ण लिखित दस्तावेज हो । यो विषय पुर्णतः शैद्धान्तिक र व्यवाहारीक हुने भएकोले पछिल्लो समय विद्यार्थीहरुको आकर्षण पनि बढ्दो छ । मंगलबार कैलाली वहुमुखी क्याम्पसमा स्नातक तहमा कानुन विषय अध्ययनरत विद्यार्थीहरुले एक कार्यक्रमका विच आफ्ना विचार र अनुभवहरु साटासाट गर्नुभयो ।
तस्वीरःस्वागत कार्यक्रममा विद्यार्थीहरुको नृत्य प्रस्तुतति
न्याय, शान्तिमय जीवन र सामाजिक सुरक्षाको दृष्टिकोणले मानिसहरुको व्यवहारलाई नियन्त्रण र नियमन गर्न समाजका सदस्यहरुद्वारा स्वयम् लागू गरिएको विषय भएकाले कानुन विषय आफुलाई मनपरेको विद्यार्थीहरु वताउँछन ।
कानुनी शिक्षाको प्रमुख लक्ष्य वकिलहरुलाई मात्र उत्पादन गर्नु होइन, सामाजिक न्याय र मुक्ति सुनिश्चित गर्न सैद्धान्तिक ज्ञान भएका शैक्षिक वकिलहरुलाई उत्पादन गर्नु पनि हो । तर यस प्रदेशमा नयाँ विषय भएकाले विद्यार्थी अनि क्याम्पस दुवै पक्षलाई चुनौतीहरुपनि उत्तिकै छन् र ती समस्याहरु समाधान हुँदै गएको क्याम्पसमा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको अनुभव छ ।
कानूनी शिक्षाको उद्देश्य कानूनको विभिन्न पक्षमा गहन ज्ञानको साथै कानूनका विद्यार्थीलाई सक्षम बनाउनु हो । विद्यार्थीहरुलाई सक्षम बनाउन प्रभावकारी शिक्षण आवश्यक छ । तर सुदुरपश्चिमको हकमा उच्च तहको शैक्षिक जनशक्ति व्यवस्थापन नै प्रमुख चुनौती रहेको क्याम्पसका बिए.एल.एल.बी. विभागिय प्रमुख हरीराम चौधरी वताउनुहुन्छ ।
कानुन विषयमा विद्यार्थीहरुको आकर्षण धेरै भएपनि सिमित कोटा भएकोले कयौँ विद्यार्थीहरुको चाहानालाई आर्को संकायतर्फ धकेल्नुपर्ने अवस्था रहेको क्यम्पस प्रमुख प्राध्याक डा. धर्मराज उपाध्यायको भनाई छ । गुणस्तरीय शैक्षिक उत्पादन र त्यसको व्यवस्थापनमा आफुहरुको जोड रहेको उहाँ वताउनुहुन्छ । विद्यार्थीहरुलाई पुर्ण व्यवाहारीक शिक्षा प्रदान गर्ने प्रयासमा आफुहरु रहेकोले नितिगत र संरचनागत विकासमा कुनै कसर बाँकी नराख्ने उहाँले वताउनुभयो ।
सुदुरपश्चिममा कानुन विषय पढ्ने चाहाना भएका विद्यार्थीहरुलाई यसको अभाव खड्किरहेको थियो । त्यो अभावको खाडललाई पुर्ने प्रयास सुदुरश्चिम विश्वविद्यालयले गरेको छ । सुरुवाति चरणमा केही चुनौतीहरु रहे पनि यसलाई सकारात्मक रुपमा नै लिएर सम्बन्धित निकायले समाधान तिर लाग्नुपर्दछ । कानूनी शिक्षाले राष्ट्रिय कानुनी प्रणालीको विकासमा ठूलो प्रभाव पार्नेहुँदा कानूनको उचित र पर्याप्त पाठ्यक्रम विकास गर्न र विभिन्न कानूनी प्रणालीहरूको तुलनात्मक अध्ययन आवश्यक देखिन्छ ।
उच्च शिक्षामा स्नातक कानून (बीए एलएलबी नेपाल) एक पाँच वर्षे स्नातक कार्यक्रम हो । अहिले विद्यार्थीहरूले यो कोर्स छनौट गर्ने चलन बढ्दो छ । कानूनमा स्नातक गर्ने व्यक्ति कानूनी सल्लाहकार, अधिवक्ता, वकील, र शिक्षक हुन सक्छ । कानून, सरकारी सेवा र विभिन्न अदालतहरुमा रोजगार अवसर प्राप्त गर्न सक्छ । सामाजमा सुधार ल्याउन र समाजमा समान शिक्षा दिन, अनुसन्धान र कानूनी शिक्षा लिएर नागरिक, आपराधिक, र वाणिज्य कानूनमा दक्ष र न्याय खोज्न र दिन, कानूनी पेशा संसारभरमा एक बढ्दो र आकर्षक पेशा भएको छ । सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली वहुमुखी क्याम्पसमा कानुन विषय अध्ययनरत विद्यार्थीहरुको धारणा सेमटिएको एक रिपोर्ट । (सुन्नुहोस)