धनगढी । कैलाली वहुमुखी क्याम्पसमा आज केएमसी म्युजिक क्लवको प्रथम वार्षिकोत्सव तथा होली विशेष साँस्कृतिक कार्यक्रम गरिएको छ । केएमसी म्युजिक क्लवको आयोजनामा गरिएको साँस्कृतिक कार्यक्रमका प्रमुख अतिथि कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डा. धर्मराज उपाध्याय हुनुहुन्थ्यो भने अन्य प्राध्यापक,सह–प्राध्यापक तथा विद्यायार्थीहरुको पनि उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डा. धर्मराज उपाध्यायले विद्यायार्थीलाई पढाईसंगै अतिरीक्त क्रियाकलापमा समेत सक्रिय गराउनुपर्नेमा जोड दिनुभयो । यस्ता कार्यक्रमले विद्यायार्थीको क्षमता अभिवृद्धि हुने भएकाले क्यापसले सांगितिक क्षेत्रमा समेत लगानी गरिरहेको बताउनुभएको छ ।
यस्तै कार्यक्रममा बोल्नुहुदै केएमसी म्युजिक क्लवका अध्यक्ष ईश्वर खड्काले क्याम्पसका प्राध्यापक तथा सह–प्रध्यापकहरु संगीत प्रति सकारात्मक रहेकोले क्याम्पसले संगित सिक्नका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराएकाले धेरै विद्ययार्थीले संगीत र नृत्य सिक्ने अवसर पाएका बताउनुभएको छ । हाल उक्त क्लवमा १५० बढी विद्याथीहरु सदस्य छन् । थप ईच्छुक विद्यार्थीहरुलाई सदस्यता प्रदान गर्ने क्रम जारी छ । उहाँहरुका लागि अभ्यास गर्न प्रशस्त वाद्यवादनका सामाग्रिहरु रहेको उहाँले जानकारी दिनुभयो । यस्तै कार्यक्रममा क्लवमा आवद्ध विद्यार्थीहरुले आफुले सिकेका प्रतिभाहरु पनि प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यक्रममा क्लवमा आवद्ध विद्यार्थीहरुले आफुले सिकेका प्रतिभाहरु पनि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमा देउडा गायिका गौरी ओझाले देउडा गीत पनि प्रस्तुत गर्नुभएको थियो ।
केएमसी म्युजिक क्लवको प्रथम वार्षिकोत्सव तथा होली विशेष कार्यक्रमको झलकः