हाम्रो सरोकार स्तम्भः विश्व वैङ्कको आर्थिक सहयोगमा पोष्ट कोभिडको समयमा स्थानिय सरकारको आर्थिक पुनरुत्थानका लागि कैलालीको लम्किचुहा नगरपालिकामा पुर्वाधार र क्षमता विस्तार कार्यक्रमकसरी सत्तचालन भईरहेको छ? नगरप्रमुख महादेव बजगाईँसंगको कुराकानी ।

 धनगढी ।  नागरीक र समुदायमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने सबैका साझा सरोकारका विषय हामी यस स्तम्भमा समेट्ने गर्दछौँ । त्यस्ता सवाल जो जनता र सम्बन्धित सरोकारवाला निकायसंंग जोडिएका छन । यी साझा घटना,मुुद्दा वा विषयलाई ध्यानमा राखेर रेडियो केएमसीले हाम्रो सरोकार मार्फत आम नागरीकका चिन्ता चासोलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।

हरेक स्थानिय तहमा पुर्वाधार र विकास निर्माणका कार्यक्रम सञ्चालन हुनु प्रत्यक्ष रुपमा त्यहाँका नागरिक अथवा भनौ सक्षम जनशक्तिका लागि स्वरोजगार र आत्मनिर्भरताको एउटा प्रमुख उपाय वा विकल्प हो । अझ कोभिड पछिको यो पोष्ट कोभिडको समयमा स्थानिय सरकारले कुनैपनि कार्यक्रम मार्फत आफ्ना नागरिकहरुलाई रोजगारीका अवसर प्रदान गर्नु उसको प्रमुख दायित्व पनि हो ।
यो समयमा विपन्न नागरिकको जिवन स्तर उकास्न तिनै तहका सरकारले आफ्नो भुमिका निभाई रहेका छन पनि । आफु संग भएका स्रोत साधन र विभन्नि दातृनिकायहरुको सहयोगमा यस्ता कार्यक्रहरु सञ्चालन भईरहेका छन । विश्व वैङ्कको आर्थिक सहयोगमा पोष्ट कोभिडको समयमा स्थानिय सरकारको आर्थिक पुनरुत्थानका लागि सुदुरपश्चिमा डडेल्धुराको अमरगढी नगरपालिका र कैलालीको लम्किचुहा नगरपालिकामा पुर्वाधार र क्षमता विस्तार कार्यक्रम सञ्चालन भईरहेका छन । र आजको अंकमा लम्किीचुहा नगरपालिकाका प्रमुख महादेव वजगाईँ यो कार्यक्रका बारे विशेष चर्चा गर्ने जमर्को गरेका छौँ । (सुन्नुहोस)

Leave A Reply

Your email address will not be published.