सामाजिक विकास मन्त्री खड्काद्धारा कैलाली बहुमुखी क्याम्पसको साइन्स एण्ड टेक्नोलोजी भवनको शिलान्यास

सुदुरपश्चिम प्रदेशका, सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सुदुरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसमा साइन्स एण्ड टेक्नोलोजी भवनको शिलान्यास गर्नुभएको छ । एक कार्यक्रमकाबीच उहाँले उक्त भवनको शिलान्यास गर्नभएको हो । प्राविधिक शिक्षा प्रदान गर्ने गरि तयारी भइरहेको कैलाली बहुमुखी क्याम्पसले जानकारी दिएको छ ।
सामाजिक विकास मन्त्रालयको करिब ५ करोड ९३ लाखको लागतमा साइन्स एण्ड् टेक्नोलोजी भवन निमार्ण गरिने भएको हो । भवनको शिलान्यास गर्नुहंदै मन्त्री खड्काले दुई बर्ष अगाडी नै सुचारु गर्नुपर्ने काम केहि प्राविधक कारणले सुचारु गर्न नसकिएपनि अब भने समयमानै भवनको निर्माण कार्य सम्पन्न हुनेमा आफु आशावादी रहेको र निमार्ण व्यावसायीले समयमै काम सम्पन्न गर्ने बताउनुभयो ।

 

कैलाली बहुमुखी क्याम्पसको साइन्स एण्ड टेक्नोलोजी भवनसंगै वेदकोट नगरपालिकाको अस्पताल भवन, लम्कीको अस्पताल भवन, र डडेल्धुराको वहु प्राविधिक शिक्षालय गरी ५ ओटा ठुला आयोजनाहरुको काम सुदुरपश्चिम प्रदेश सरकारले आफ्नै लगानीमा गरिरहेको मन्त्री खड्काले बताउनु भएको छ ।
सामाजिक विकास मन्त्री खड्काले सुदुरपश्चिम प्रदेश शिक्षाको क्षेत्रमा नयाँ ढङगले अगाडी वढ्ने योजना बनाइरहेको बताउनुभयो । जसको उच्च स्तरीय अध्ययन प्रतिवेदन तयार गर्नका लागि ४ महिनासम्म अनुसन्धान भएको र अब सुदुरपश्चिम प्रदेशमा प्राविधिक शिक्षालाई प्राथमीकता दिइ रोजगारमुखी प्राविधिक शिक्षाभन्दा पनि स्वरोजगारमुखी प्राविधिक शिक्षाका लागि योजना बनिरहेको बताउनुभएको छ ।

 

यस्तै भवन शिलान्यास कार्यक्रममा बोल्नुहुँदै सुदुरपश्चिम विश्वविद्यालय, वाणिज्य संकायका डिन प्राध्यापक डा. पदमराज जाशीले ४० वर्षको इतिहासमा करिव १५ करोड बराबरको बजेट पहिलो पटक प्राप्त भएको बताउदै भवन निमार्ण कार्यमा सहयोग गर्ने राष्ट्रिय योजना आयोग, सामाजिक विकास मन्त्रालय तथा क्याम्पस प्रशासनलाई धन्यवाद दिनुभयो । सो कार्यक्रममा उहाँले आगामी असारबाट वन विज्ञान बिषयमा समेत पठनपाठन शुरु गर्ने गरी तयारी भइरहेको बताउनुभएको छ ।

 

अर्को सेमेष्टरबाट वन विज्ञान र त्यसपछि क्रमशः आर्किटेक्चर तथा सिभिल इन्जिनियरिङ्ग लगायतका बिषय पनि सुरु गर्ने कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा. धर्मराज उपाध्यायले जानकारी दिनुभएको छ । उहाँले राष्ट्रि«य योजना आयोगसंगको पहलमा सामाजिक विकास मन्त्रालयमार्फत भवन निमाणको प्रक्रिया अगाडी बढेको जानकारी दिनुभयो ।

 

५ करोड ९३ लाख लागत अनुमान गरिएको साइन्स एण्ड टेक्नोलोजी भवन बहु बर्षिय योजना भएकाले ३ बर्ष लाग्ने अनुमान गरिएको छ । गत बर्षको आयोजना भएकाले १ बर्ष गइसकेको छ भने अब एक बर्ष मात्र बाँकी रहेकोले निमार्ण व्यावसायीले तदारुकताका साथ काम गर्न जरुरी देखिन्छ ।

Leave A Reply

Your email address will not be published.