सुरक्षित आप्रवासन (सामी) परियोजनाको अर्धवार्षिक समिक्षा वैठक सम्पन्न, नागरिकले सिकेका सीपको सदुपयोग गरी कार्यक्रमहरु पारर्दशी बनाउन मद्दत गर्न आवश्यक ।

धनगढी । कैलाली जिल्लाका धनगढी उप–महानगरपालिका, टिकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनाको अर्धवार्षिक समिक्षा वैठक सम्पन्न भएको छ । धनगढी उप–महानगरपालिकाको सभाहलमा एक कार्यक्रमका विच उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत
लोक वहादुर उपाध्यायको अध्यक्षतामा उक्त वैठक समापन गरिएको हो ।

कार्यक्रममा सामी परियोजनाका कैलाली जिल्ला संयोजक दिपक वोहराले अर्धवार्षिक प्रगति तथा सिकाई विवरण प्रस्तुत गर्नुभएको थियो । जस अनुसार हालसम्म उक्त क्षेत्रहरुमा ५ हजार २ सय ५४ जनालाई आप्रवासी श्रोत केन्द्र सुचना परामर्शमा सहभागि गराईएको छ । जसमा धनगढी उप–महानगरपालिकामा १२ सय ६, टिकापुर नगरपालिकामा ८२२, घोडाघोडी नगरपालिकामा ३७६, जानकी गाउँपालिकामा ३५९ र अन्य २ हजार ४ सय ९१ रहेका छन् । उक्त परियोजनाले छ महिनाको अवधिमा सामुदायमा आधारीत अभिमुखीकरण कार्यक्रम २०, गहन अभिमुखीकरण १६ र १२ वटा रिटर्नी स्वयंसेवक परिचालन गरेको जानकारी गराईएको छ ।

   
यस अवधिमा ४ वटै पालिकामा सामाजिक अगुवाहरुसंग वैदेशिक रोजगारीले निम्त्याएका सामाजिक लाञ्छानाहरु सम्वन्धि ४ वटा अन्तरक्रिया गरिएका छन । यस्तै सुरक्षित आप्रवासन सम्वन्धि प्रहरी, जिल्ला प्रशासन, ईलाका प्रशासन कार्यालय, स्थानिय जनप्रतिनिध र आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्र संग ४ वटा समन्वय बैठक गरिएको छ । यस्तै छ महिनाको अवधिमा आप्रवासी स्रोत केन्द्रमा प्राप्त भएका ६३ केशहरु मध्ये ३४ वटा सामाधान गरिएका छन । यस्तै परियोजनासंग रकम फिर्ता तथा आर्थिक सहायताको विवरण १ करोड २० लाख ५० हजार बराबर रहेको छ । जसमा धनगढी उप–महानगरपालिकामा ९२ हजार, टिकापुर नगरपालिकामा २३ लाख र घोडाघोडी नगरपालिकामा २१ लाख रहेको छ ।
हाल उक्त संस्थाले व्यक्तिगत तथा सामुहिक मनोपरामर्श, वित्तिय सक्षरता कक्षाहरु समेत प्रदान गरिरहेको छ । संस्था मार्फत छ महिनाको अवधिमा वित्तिय सक्षरता कक्षामा सहभागी ४ वटै पालिकाका ७६ जनाले व्यवसाय समेत सुरु गरेका छन् । कैलालीमा चालु आर्थिक वर्ष २०७७–७९मा धनगढी उप–महानगरपालिकाको ५८ लाख ९९ हजार ६६५.७६ रुपैयाँ शसर्त अनुदान रहेको छ भने टिकापुर नगरपालिकाको रु.२६ लाख ९९ हजार ६५५.८९, घोडाघोडी नगरपालिकाको रु.१९ लाख ९९ हजार ७५३.६८ र जानकी गाउँपालिकाको रु. १९ लाख ९९ हजार ७५३.६८ गरी जम्मा रु १ करोड २५ लाख ९८ हजार ८१९.०१ रहेको सामी परियोजना कैलाली जिल्ला संयोजक दिपक वोहराले वताउनुभयो ।

यस्तै समिक्षा कार्यक्रममा वोल्दै धनगढी उपमहानगरपालिकाकी सामाजिक विकास अधिकृत एवम् सामी प्रयोजना फोकल पर्सन लक्ष्मी चौधरीले महत्वपूर्ण एवम् विपन्न नागरीकहरुको सीपमा पहुँच पु¥याउने किसिमका कार्यक्रमहरु सञ्चालन भइरहेका बताउनुभयो ।

 

यस्तै जानकी गाउँपालिकाका सामाजिक विकास अधिकृत एवं परियोजना फेकल पर्सन हिरुलाल चौधरीले पालिकाभित्र सञ्चालित सामी प्रयोजनाका काम कार्बाहीहरु सन्तोषजनक रहेको बताउनुभएको छ ।

 

यस्तै धनगढी उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर उपाध्यायले पछिल्लो समय युवाहरु विदेसिने क्रम बढिरहेकाले स्वदेशमै आत्मनिर्भर बन्ने किसिमका सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्न सामी प्रयोजनालाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

 

उक्त अर्धवार्षिक समिक्षा बैठकमा सामी परियोजनाका कैलाली जिल्ला संयोजक वोहराले सिकाई तथा प्रगती विवरण प्रस्तुत गर्दै बार्षिक समिक्षमा अझैं सुधारात्मक पक्षहरु समेट्ने गरी लक्ष्य निर्धारण र प्रस्तुत गरिने बताउनुभयो ।

उत्त बैठकमा कार्यक्रमको बारेमा छलफल र कर्मचारीहरुसंग कार्यक्रम सञ्चालनको दैरानमा फिल्डमा गरेका कामकार्बाही र चुनौतीहरुका बारेमा छलफल गरिएको थियो ।

सुरक्षित आप्रवासन (सामी) नेपाल सरकार र स्विीस सरकारबिचको दुइ द्विपक्षिय परियोजना हो । यो कैलाली जिल्लामा स्थानिय सेवा प्रदायक संस्था टे««स प्रा.ली.ले आवश्यक जनशक्ति परिचालन गरी परियोजना कार्यान्वयन गरिरहेको छ । वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र तिनका परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मुलुकमा मर्यादीत कार्य वातावरणबाट लाभान्वित गर्ने रहेकाले स्थानिय नागरिकले सिकेका सीपको सदुपयोग गरी यसका कार्यक्रमहरु पारर्दशी बनाउन मद्दत गर्न आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.