आज अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइएको छ ।
हरेक वर्षको अप्रिल ६ तारिखमा सामाजिक परिवर्तन, समुदाय विकास र सबैमा शान्तिको भावना उजागर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउन सुरु गरेको हो ।
यूएनका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, इन्टरनेशनल युनिभर्सिटी स्पोर्टस्, एफआईए फाउन्डेशन, इन्टरनेशनल काउन्सिल अफ स्पोर्टस् साइन्स एन्ड फिजिकल एजुकेशनलगायत खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय निकायले यो दिवस मनाउन विश्वव्यापी आह्वान गरेका थिए ।
यसपालि ‘सबैका लागि दिगो र शान्तिपूर्ण भविष्य सुरक्षित गर्दै ,खेलकुदको योगदान’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । नेपालमा सन् २०१५ यता यो दिवस मनाउने गरिएको छ। तर सुदुरपश्चिममा पछिल्लो समय खेलकुद गतिविधि भइरहे पनि वजेट र कर्मचारी अभावमा खेलकुदका कार्यक्रम सञ्चालनमा समस्या भईरहेको सुदुरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक सिंहले वताउनुभएको छ । खेलाडी उत्पादन हुने क्षेत्रमा राज्यको लगानी कति छ त ? सुन्नुहोुस कुराकानीः