निर्वाचन आयोगद्धारा अहिलेसम्म एक करोड १९ लाख थान मतपत्र छापिइसकिएको जानकारी

धनगढी । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले अहिलेसम्म एक करोड १९ लाख थान मतपत्र छापिइसकिएको जानकारी दिएको छ ।

आज बिहीवारसम्म ५३ जिल्लाका लागि एक करोड १९ लाख मतपत्र छापिइसकिएको आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । सुरुमा दुर्गम जिल्लाका लागि मतपत्र छापेर ढुवानी गरिने र त्यसपछि सुगम जिल्लाका लागि मतपत्र छपाइ हने आयोगले जनाएको छ ।

यसैबीच मतपत्र ढुवानी गर्दा नेपाली सेनाले सुरक्षा दिने भएको छ । चुनावका अरू सामग्री गृह मन्त्रालयसँग समन्वय गरेर नेपाली प्रहरीको सुरक्षामा जिल्ला–जिल्लामा पठाउने काम भइरहेको तर मतपत्र भने सेनाको सुरक्षामा ढुवानी हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मतपत्र र अन्य चुनावी सामग्री कहाँ पुग्यो भनेर जीपीएसबाट अनुगमन गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.