कञ्चनपुरको गड्डाचौकी नाका भएर चालु आर्थिक वर्षको ९ महिनामा ३ हजार २ सय ५० मेट्रिक टन तरकारी आयात

धनगढी । कञ्चनपुरको गड्डाचौकी नाका भएर चालु आर्थिक वर्षको चैत्र महिना सम्म ३ हजार २ सय ५० मेट्रिक टन तरकारी आयात भएको छ । स्थानीय स्तरमै तरकारी उत्पादन कम हुन थालेपछि भारतबाट तरकारी आयात बढेको हो ।

पछिल्लो ९ महिनामा भारतबाट ३ सय ६६ मेट्रिक टन आलु आयात भएको छ । त्यस्तै ८ सय ९० मेट्रिक टन टमाटर र प्याज २ सय ५४ मेट्रिकटन आयात गरिएको छ ।

गड्डाचौकी भन्सार कार्यालयका अनुसार दैनिक ४० कुण्टल बढी तरकारी आयात भइरहेको छ । नाका भएर चालु आर्थिक वर्षको चैत्र सम्म ६ सय ७७ मेट्रिक टन फलफूल आयात भएको छ । जसमा स्याउ २ सय ५ मेट्रिक टन, १४ मेट्रिकटन केरा, २ सय ५४ मेट्रिक टन सुन्तला आयात भएको छ । भारतबाट दाल १ सय ९९ मेट्रिक टन , चामल १४ मेट्रिक टन आयात भएको छ ।

स्वदेशमै उत्पादित तरकारीले बजार नपाउनु र भारतबाट सस्तोमा तरकारी आयात हुन थालेपछि किसानहरू मर्कामा परेका छन् । स्वदेशमै उत्पादित टमाटर, हरियो सागसब्जीको बजारीकरण हुन नपाउनु, स्थानीय सरकारले पनि बजारीकरणका लागी टेवा नपुर्‍याउँदा तरकारीले उचित मूल्य नपाउने गरेको किसानहरूले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.