जनस्वास्थ्य स्तम्भः औलो(मलेरिया)रोग कस्तो रोग हो ? धनगढी उप–महानगरपालिका खोप निरीक्षक योगेश कुमार अवस्थीसंग गरिएको कुराकानी।(अडियो सहित)
धनगढी । भनिन्छ नि रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु बुद्धीमानी काम हो कीनभने सामान्य रोगको संक्रमणले पनि मानव स्वास्थ्यलाई आक्रान्त पार्न सक्छ । यति मात्र होईन कमजोर स्वास्थ्य स्थिती भएकाको त ज्यान नै जाने सम्भावना पनि उत्तिकै हुन्छ । विश्वले थुप्रै महामारीहरुको सामना गर्दै आएकोमा हाल कोभिड १९ अर्थात कोरोना भाईरसले सारा विश्वलाई आक्रान्त पारेको छ । बैज्ञानिकहरुले रोगलाई जित्न सक्ने खोपको आविस्कार गरी प्रयोगमा ल्याईसके पनि रोगमाथि विजय भने पाउन सकेका छैनन् । त्यस्तै कतिपय रोगहरुको निदान र उपचार अझै सम्भव देखिएको छैन । तसर्थ रोगको जोखिम न्युनिकरण सम्बन्धमा सरोकारवाला पक्षको ध्यान आर्कर्षण गराउने गरि जनस्वास्थ्य स्तम्भका साथ उपस्थित भएका छौ । यस स्तम्भमा मानव स्वास्थ्य संग सम्बन्धित सवालहरुको तत्कालै जवाफ खोज्ने र मानव जिवनलाई सुरक्षित गर्ने उपाय पहिल्याउने प्रयास हाम्रो रहनेछ । आजको अंकमा भने औलो (मलेरिया) रोगका बारेमा आधारित भएर धनगढी उप–महानगरपालिकाका खोप निरीक्षक योगेश कुमार अवस्थीसंग कुराकानी गरेका छौं। (सुन्नुहोस)