त्रिवि क्रिकेट मैदानमा टस हारेपछि नेपालले पायो ब्याटिङको निम्तो

धनगढी । जिम्बाब्वे ए सँगको पहिलो टी–२० अभ्यास खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको तयारीका लागि नेपालले जिम्बाब्वे एु सँग शृङ्खला खेल्न लागेको हो ।

नेपाली टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, मोहम्मद अदिल आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद रहेका छन् ।
यसअघि पहिला एकदिवसीय खेल हुने तय भए पनि वर्षाका कारण एकदिवसीयलाई पछि सारेर पहिला टी–२० शृङ्खला हुन लागेको हो ।

प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.