पालिका चुनावका लागि जुम्लामा मतपत्र आइपुग्यो

धनगढि । पालिका चुनावका लागि जुम्लामा मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हो ।उहाँका अनुसार १५२ प्याकमा ७६ हजार मतपत्र जुम्ला आइपुगेको छ । अब केही दिनपछि मतदान केन्द्रमा निर्वाचनमा खटिने कर्मचारी र मतपत्र प्याकिङ समेत भइरहेको छ । यसैगरी निर्वाचन अधिकृतसँग जनशक्ति व्यवस्थापन लगायतका विषयमा छलफलका लागि बैठक समेत भएको छ ।मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मतपत्र भए पनि १० हजार मतपत्र बढी आएको छ ।

मतपत्र भने नेपाली सेनाले सुरक्षाका साथ स्कटिङ गरेर स्थलमार्गबाट जुम्ला पुर्याएको छ । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले नेपाली सेनाले जुम्लाका लागि कालीकोटबाट हावा र पानी नछिर्ने ठूलो कन्टेनरमा स्टकटिङ गरेर मतपत्र जुम्ला ल्याएर मुख्य निर्वाचन कार्यालयमा बुझाएको जानकारी दिनुभयो ।जुम्लाको जम्मा मतदाता सङ्ख्या ६७ हजार ७४४ रहेको छ । पुरुष ३५ हजार २७३ जना र महिला ३२ हजार ४७१ जनाको मतदाता नामावली रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।

यहाँको एक नगरपालिका र सात गाउँपालिकामध्ये सबैभन्दा बढी मतदाता सङ्ख्या चन्दननाथ नगरपालिकामा ११ हजार ८२० रहेको छ । जसमा पुरुष ५ हजार ८४७ जना र महिला ५ हजार ९७३ रहेका प्रमुख शर्माले जानकारी दिनुभयो । चन्दननाथ नगरपालिकामा मतदान स्थल १० वटा र मतदान केन्द्र १६ वटा रहेको जनाइएको छ ।यस्तै सबैभन्दा कम मतदाता नामावली सङ्ख्या हिमा गाउँपालिकामा ६ हजार २८७ रहेको छ । जसमा पुरुष ३ हजार २८२ जना र महिला ३ हजार ५ जना रहेका छन् । मतदान स्थल ९ वटा र मतदान केन्द्र ११ वटा रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।पालिका चुनाव नजिकिँदै जाँदा पछिल्लो समय निर्वाचन कार्यालयहरुले तालिका अनुसार आआफ्नो काम गरिरहेका छन् । चन्दननाथ नगरपालिकामा ७ जना प्रमुख र ५ जना उपप्रमुख पदमा अन्तिम उम्मेदवारको रुपमा रहेका मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.