धनगढी । कैलालीमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउदलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
साउदले ती किशोरीलाई गत सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।