धनगढी । नेपाल–भारत जोड्ने खलङ्गा झोलुङ्गे पुलबाट एक जनाले हाम फालेका छन् । महाकाली नगरपालिका–२ पन्डोराका २४ वर्षीय विकास लुहारले पुलको बिच भागबाट हाम फालेको प्रहरीले जनाएको छ ।
बिहीबार मध्यान्हतिर लुहारले महाकाली नदीमा हाम फालेको तथा पुलको लट्ठामा अड्किन पुग्दा निजको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
हामफालेका लुहारको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको हो । उनको मानसिक अवस्था ठिक नरहेको बुझिएको छ ।