पालिका वाच स्तम्भ : दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहरासंगको कुराकानी (अडियो सहित)
नागरीक र समुदायमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने सबैका साझा सरोकारका सवालहरु हामी यस स्तम्भमा समेट्ने गर्दछौँ । विशेष गरेर पालिकाका त्यस्ता सवाल जो आम नागरीकसँग सम्बन्धित छन् । यतिबेला हामी ७७ जिल्ला अन्तर्गत ७५३ ओटा पालिकाहरुका कामकारवाही र जिम्मेवारीहरुलाई नजिकबाट सम्बोधन गर्नेगरी रेडियो केएमसीले पालिका वाच स्तम्भ मार्फत सुदुरपश्चिम प्रदेशका ८८ ओटा पालिकाहरुका आम नागरीकका चिन्ता चासोलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ । यसै अन्तर्गत आजको स्तम्भमा भने हामीले दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहरासंग पालिकाभित्रका विविध विषयहरु समेट्ने गरी कुराकानी गरेका छौँ ।