कैलालीमा खोलाले बगाउँदा १ जनाको ज्यान गयो, वाढी र पहिरोका कारण सयौँ विस्थापित ।

भजनी नगरपालिकाका करीब ८०० जना विस्थापित ।

कैलाली । हिजो राति अविरल वर्षासंगै आएको वाढीका कारण कैलालीमा एक जनाको ज्यान गएको छ । जिल्लाको धनगढी उप–महानगरपलिका वडा नं. १३ झलारी वस्ने १९ वर्षिय नविना चौधरीको झलारी खोलाले वगाउँदा ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता यज्ञराज जोशीले जानकारी दिनुभयो ।

यस्तै वाढी र डुवानबाट कैलालीमा सबैभन्दा बढी भजनी नगरपालिकाका  वार्ड नं. ६ र ८ मा करीब ८०० जना विस्थापित भएका छन । वडा नं. ८ गोरु चौडाका ५० वर्षिय कालु चौधरी पथरैया खोलाले वगाएर वेपत्ता भएका छन । विस्थापितहरुलाई अहिले सडक किनारामा टहरा बनाएर र सामुदायिक भवनहरुमा सारिएको प्रवक्ता जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार टिकापुर नगरपालिका वडा नं. २ मा घर भत्किदा २२ वर्षिय सुशिल चौधरी घाईते भएर थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । टिकापुर ७ मा झण्डै ७० घर परिवार विस्थापित भएर सामुदायिक भवनमा सारिएको छ । यस्तै चुरे गाउँपालिका वडा नं. ३ मा घर माथिबाट पहिरो खस्दा ८ वर्षिय आयुश सापकोटा घाईते भएका छन । यस्तै जानकी गाउँपालिका वार्ड नं.४ मा ६० जना विस्थापित भएर सुरक्षित स्थानमा सारिएको छ ।

यसैविच वाढी र पहिरो पिडितहरुको उद्दार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी विहानै देखि तैनाथ रहेको र राहत वितरण र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको टोली विस्थापित क्षेत्रमा जनुभएको उहाँले वताउनुभयो । मौसम पुर्वानुमान महाशाखाका अनुसार अझै पनि वर्षाको सम्भावना रहेकोले बाढी प्रभावित क्षेत्रका नागरिकहरुलाई थप सतर्क रहन जिल्ला प्रशासन कार्यालय कैलालीको आग्रह छ ।

यो पनि सुन्नुहोस :

Leave A Reply

Your email address will not be published.