पहिरोमा परेका दार्चुलाको नौगाडबासीहरुलाई ग्लोबल आइएमइ बैंकद्धारा राहत उपलब्ध

धनगढी । भदौको अन्तिम साता आएको पहिरोमा परेका दार्चुलाको नौगाडबासीहरुलाई ग्लोबल आइएमइ बैंकले राहत उपलब्ध गराएको छ । भदौ २४ गतेको पहिरोमा परी पूर्ण रुपमा घर क्षति भएका १० परिवारका लागि राहत उपलब्ध गराएको र सो राहत गाउँपालिका मार्फत वितरण गरिएको ग्लोबल आइएमइ बैंक नौगाड शाखाका म्यानेजर भरतबहादुर साउँदले बताउनु भयो ।

पीडित परिवारहरुका लागि प्रति परिवार ७५ केजी चामल, ५ केजी दाल, डेढ लिटर तेल, ३ केजी नुन र ६ साबुन उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । ती सामग्रीहरु पीडित परिवारलाई गाउँपालिकाले हस्तान्तरण गरिसकेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पहिरो पीडितहरुलाई राहत उपलब्ध गराएको म्यानेजर साउँदले बताउनु भयो । आगामी दिनमा पनि बैंकका तर्फबाट सहयोग हुने उहाँले बताउनु भयो ।

पहिरो पीडितहरुलाई गाउँपालिकाले आफ्नो तर्फबाट पनि राहत वितरण गरेको र अन्य सहयोगीहरुलाई पनि आग्रह गरिरहेको गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.