प्राकृतिक सौन्दर्य र धार्मिक हिसाबले महत्त्वपूर्ण क्षेत्र खप्तडमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सङ्ख्या बढ्दै

धनगढी । प्राकृतिक सौन्दर्य र धार्मिक हिसाबले महत्त्वपूर्ण क्षेत्र खप्तडमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सङ्ख्या बढ्दै जान थालेको छ । प्राकृतिक सौन्दर्य र धार्मिक हिसाबले महत्त्वपूर्ण क्षेत्र खप्तडमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सङ्ख्या बढ्दै जान थालेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस अर्थिक वर्षमा तीन गुण बढीले पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक नेपाल आउन सकेनन् ।

पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका छन् । कोभिडपूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । पछिल्लो सन् २०२२ को आठ महिनामा तीन लाख बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोभिडपछि अहिले पर्यटन क्षेत्र पुनरुत्थानको लयमा छ । पर्यटकीय गतिविधि बढेका छन् । विदेशी पर्यटक आगमन पनि सुधारोन्मुख छ ।
त्यस्तै, खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख गोपाल घिमिरेका अनुसार आर्थिक वर्ष २०७६र०७७ मा ७३० जना नेपाली, पाँच जना सार्क मुलुक र ११ जना सार्क मुलुक बाहेकका विदेशी पर्यटक खप्तड घुम्न आएका थिए ।

यसैगरी, २०७७र०७८ मा एक हजार ६७३ नेपाली, सार्क मुलुकबाट एक जना र सार्क मुलुक बाहेक तीन विदेशी पर्यटक आएकोमा आर्थिक वर्ष २०७८र०७९ मा नेपाली दुई हजार १८७ सार्क मुलुकबाट तीन जना र सार्क मुलुक बाहेकका विदेशी १९ जना खप्तड घुम्न आएका छन् ।
भू–स्वर्गका नामले परिचित खप्तड सुदूरपश्चिम प्रदेशका अछाम, बझाङ, डोटी र बाजुरा जिल्लाको संगमस्थलको रूपमा लिने गरिन्छ । खप्तडमा फराकिला पाटनहरू, रङ्गीचङ्गी फूलहरु र सुन्दर भू–बनोट रहेको छ । खप्तड क्षेत्र जैविक विविधता र धार्मिक आस्थाका हिसाबले महत्त्वपूर्ण गन्तव्य हो । खप्तड २२५ वर्ग किलो मिटरमा फैलिएको छ ।

त्रिवेणी, खप्तडदह, सहस्रलिङ्ग, नागढुङ्गा, खापरमाडौंलगायतका स्थानहरूलाई हिन्दुहरूका लागि पवित्र तीर्थस्थलका रूपमा लिने गरिएको छ । यी स्थानहरूमा गङ्गा दशहरा, जनैपूर्णिमा, भदौ शुक्ल चतुर्दशी ९अनन्त चतुर्दशी० जस्ता धार्मिक पर्वहरूमा मेला लाग्ने र पूजाआजा हुने गरेको छ । खप्तड क्षेत्रमा २२ वटा पाटन रहेका छन् । बाघ बुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । हिउँद याममा हिउँमुनि लुक्ने खप्तड वसन्त ऋतुदेखि वर्षायाममा रङ्गीचङ्गी फूलहरूको विशाल बगैँचा जस्तै देखिने गर्दछ । पौराणिक कालमा ऋषिमुनिहरूले तपस्या गरेको पवित्र क्षेत्रका रूपमा समेत खप्तडलाई लिने गरिन्छ । स्कन्द पुराणमा समेत खेचरादी पर्वतका नामले खप्तड क्षेत्रको वर्णन गरेको पाइन्छ ।
यस क्षेत्रमा २०४० सालदेखि राष्ट्रिय निकुञ्ज स्थापना गरिएको छ । निकुञ्ज भित्र ५६७ थरिका वनस्पति र नेपालमा पाइने ८५० किसिमका चराचुरुङ्गीमध्ये २६० भन्दा बढी किसिमका चरा पाइने गरेको बताइन्छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर सम्मको उचाइमा खप्तड रहेको छ । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ ।

खप्तड क्षेत्र खप्तडबाबा अर्थात् स्वामी सच्चिदानन्द सरस्वतीले तपस्या गरेको पवित्र भूमि हो । खप्तड बाबाले खप्तडमा करिब ५० वर्ष बिताउनु भएको थियो । खप्तडबाबा आध्यात्मिक गुरु र दार्शनिकका रूपमा चिनिनुहुन्छ ।
खप्तड आउने पर्यटकहरूका लागि सहज बसोबास र खानाको व्यवस्था गरिएको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भिमबहादुर खड्काले बताउनुभएको छ । निर्देशक खड्काले भन्नुभयो, “पछिल्लो समयमा खप्तडमा आउने पर्यटकहरूलाई खाना र बस्नको समस्या छैन । खप्तड क्षेत्रमा जीर्ण भएका अतिथि गृह पुनर्निर्माण गरिएका छन् । अझै निजी क्षेत्रलाई भित्राउने प्रक्रियामा छौँ ।”
कोरोना सङ्क्रमणको त्रासका कारण भएको लामो समय सम्मको लकडाउनका कारण खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या घटेको थियो । अवस्था सहज भए सँगै खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।स्रोत गोरखापत्र अनलाईन ।

प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.