श्रीमतीको तलास गरिदिन आग्रह

बैतडी ।  बैतडीको मेलौली नगरपालिका वडा नं. २ भोरा सलेना घर भई हाल वैदेशिक रोजगारीको शिलसिलामा साउदी अरबमा कार्यरत गणेश वहादुर चन्दले आफ्नो श्रीमतीको तलास गरिदिन आग्रह गर्नुभएको छ ।

उहाँकी २५ वर्षिय श्रीमती मानमती चन्द ५ दिनदेखि घरमा नभएको र घर परिवारलाई छलेर जग्गा किन्न भनि घरबाट ४ लाख ५० हजार रुपयाँ नगद, एक तोला सुन, बैङ्कका कागजात र १ थान मोबाईल सहित घरबाट भगेको वताउनुभएको छ ।

गणेशकी आमा जयन्ती चन्दका अनुसार १० वर्षीय छोरी, ८ र ४ वर्षका दुई छोरा घरमै छोडेर ५ दिन देखि मानमती हराएको जानकारी दिनुभएको छ ।

परिवारले प्रहरीमा पनि उजुरी दिएको र चुनाव पछि मात्रै छानविन गर्ने वताएको उहाँले वताउनुभयो ।

वेपत्ता मानमती घर परिवारबाट अलग्गै बस्ने गरेको वताईएको छ । उहाँको माईतिघर पाटन नगरपालिकाको कैलपालमा रहेको र उहाँका आमावुवाको नाम देव वहादुर चन्द र कलावती चन्द रहेको र हाल मानमती डोटी जिल्लाको थली भन्ने स्थानमा रहेको जानकारीमा आएको उहाँका श्रीमान गणेश चन्दले वताउनुभएको छ ।

 

Leave A Reply

Your email address will not be published.