सुदुरपश्चिममा मानव अधिकार संरक्षण तुलनात्मक रुपमा सकारात्मक छ तर नागरिकहरुले आधारभूत अधिकारको उपभोग गर्न नपाउनु चुनौतीपूर्ण छ: हरी ज्ञवाली राष्ट्रिय मानव अधिकार आयोग सुदुरपश्चिम (कुराकानी)
धनगढी । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ ।
७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना दिनुभएको छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको मर्म तथा भावनालाई आत्मसात् गर्न सबै पक्ष र निकायसँग आग्रह गर्नुभएको छ ।
सरकारले हरेक नीतिहरुमा मानव अधिकारलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने गरेको छ र यो सरकारको उत्तरदायित्व पनि हो । कानुनी, नीतिगत र संरचनागत व्यवस्थाहरू हिजोको तुलनामा बढी मानव अधिकारमैत्री रहेको पृष्ठभुमीमा सुदुरपश्चिम प्रदेशमा मानव अधिकार संरक्षणको विषय कत्तिको प्रभावकारी छ र के कस्ता चुनौतीहरु छन सुन्नुहोस राष्ट्रिय मानव अधिकार आयोग सुदुरपश्चिमका अध्यक्ष हरी ज्ञवालीसंग जयन्त सिंह भाटले गर्नुभएको कुराकानी । (अडियो सुन्नुहोस )