डोटी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरमा अति बिपन्न तथा कमजोर बन्दोबस्त भएका मुक्त हलियाको सिप बिकासका लागि ४५ दिने आरन सामाग्रि बनाउने सिप बिकास तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय राजपुरको सहयोग तथा उपेक्षीत समुदाय शसक्तिकरण तथा बिकास मञ्चको आयोजनामा आईतबार देखि तालिम सञ्चालन गरीएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय डोटीका प्रमुख दिपेन्द्र शाहले तालिमका सहभागिहरुलाई सिप युक्त बनाई पूर्ण सफल बनाउनु पर्ने बताउनुभयो । उहाँले तालिममा सहभागिहरुले पूर्ण रुपमा आवश्यक सामाग्रि निमार्णको सिप सिक्नु पर्ने र तालिमको लागि आवश्यक सामाग्री कार्यालयले सहयोग गर्ने वताउनुभएको छ ।
वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष मिना देवि कामिले ब्यवसायीहरुलाई दर्ता प्रक्रियामा सहयोग गरी ब्यवसाय संचालनका लागि आगामि दिनहरुमा सहयोग गर्न सकिने र ४५ दिने तालिमको बेला बेलामा अनुगमन गरिने बताउनु भएको छ । १० जना मुक्त हलियाहरु ४५ दिन सम्म संचालन हुने तालिम माघ २५ गतेसम्म सहभागि भई आरन ब्यवसाय संचालन गर्ने सिप सिकी आयआर्जनतिर अग्रसर हुनेछन ।
स्थानिय स्तरमा परम्परागत रुप देखी चल्दै आएको पेशालाई संरक्षण गर्नुका साथै स्थानिय युवाहरुलाई स्वरोजगार बनाउन तालिमले सहयोग गर्ने उपेक्षीत समुदाय शसक्तिकरण तथा बिकास मञ्चको कोषाध्यक्ष जयन्द्र खड्काले बताउनुभयो । संस्थाले मुक्त हलिया तथा आन्तरीक बिस्तापीत समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवद्र्धनका लागि सामुहीक परियोजना दुई अन्र्तरगत डोटी जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यु.एस.एस.वि.एम. डोटीले उक्त जिल्लामा मुक्त हलियालाई लक्षित गरेर आयआर्जनका क्रियाकलाप संचालन गरिरहेको छ ।
उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मंच डोटीका कार्यक्रम अधिकृत भक्तराज उपाध्यायसंग जयन्त सिंह भाटले गर्नुभएको कुराकानी । (सुन्नुहोस)