शिक्षा सवाल स्तम्भः धनगढी उप–महानगरपालिका–५ स्थित वालवालिका मन्टेश्वरी स्कूल एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक सृष्टी हुमागाईँ मल्लसंगको (कुराकानी) ।
धनगढी । शिक्षासंग उन्नत मानव सभ्यताको समग्र परिकल्पना जोडिएको छ। शिक्षा जीवनपर्यन्त हाम्रो अभिन्न अंग हो अर्थात् हाम्रा आशा, अभिलाषा र आकाङ्क्क्षा तृप्त पार्न अनि नयाँ खोज, सोच र परिकल्पनालाई वास्तविक स्वरुप प्रदान गर्न समेत भोलीका लागि हामी आजै उचित तवरले प्रशिक्षित हुनु जरुरी छ । यी सम्भावनाको खोजी र समुन्नत मानव सभ्यताको विकासका लागि शिक्षा र सीपको सहि आर्जन र सदुपयोग हामी सबैको मननयोग्य र चिन्तनको विषय हो । तर के हामी जीवनोपयोगी र समयसापेक्ष शिक्षा आर्जन र प्रयोगमा सक्षम छौँ ? के हाम्रो शैक्षिक लगानी र प्राप्त हुनुपर्ने उपलव्धि सन्तोषजनक अनि पर्याप्त छन ? वालविकास कक्षादेखि हाम्रा वालवालिका र विद्यार्थीहरु कसरी प्रशिक्षित भइरहेका छन् ? के शिक्षामा सरकारी लगानी र समुदायको लगाव आशातित प्रतिफलका लागि पर्याप्त छ? यस्ता अनेकन जिज्ञासाहरुले शैक्षिक गतिविधिहरु समयसापेक्ष भए नभएकोबारे तपाई हामीमा उत्सुकता अवश्य पैदा हुन्छ। र यिनै जिज्ञासाहरुलाई मेटाउने प्रयत्न सहित शिक्षा सवालको आजको अंकमा संवाददाता जानकी सिंहले वालशिक्षा, निजी विद्यालय सञ्चालनका चुनौती र विद्यालयमा वालवालिकाको हेरचाह र पढाई आदि विषयहरुलाई समेटेर धनगढी उप–महानगरपालिका–५ स्थित वालवालिका मन्टेश्वरी स्कूल एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक सृष्टी हुमागाईँ मल्लसंग कुराकानी गर्नुभएको छ । सुन्नुहोस (अडियो सामग्री)