पोखरा विमान दुर्घटना : मृतककाे शव भाेलि परिवारलाई बुझाइने

कास्की – सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ । मृतकको शव गण्डकी अस्पतालको शव गृहमा राखिएको छ । तीन जनाको शव भने अझै भेटिएको छैन ।

शवहरू अस्पताल पुर्‍याएसँगै मृतकका दिवङ्गत यात्रुका परिवारजन अस्पताल पुगेका छन् । अस्पताल परिसरमा मृतकका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू धेरैजसो पहिचान गर्न नसकिने अवस्थामा रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । पोखराका पहिचान भएका शव पोखराबाट आफन्तलाई बुझाउने र अन्य शवलाई काठमाण्डौ लगिने उहाँले बताउनुभयो ।

पोखराका पहिचान भएका शव भोलि सोमवार बिहान ९ बजेपछि पोस्टमार्टम गरी परिवारलाई बुझाउने प्रजिअ अधिकारीले बताउनुभयो । अहिलेसम्म ११ जनाको शव सनाखत भएको छ ।

६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो । उज्यालो अनलाईनबाट

प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.