स्रष्टा सम्मान स्तम्भ: गजलकार कुश्मा भट्टसंगको कुराकानी (अडीयो सहित)
“ सहित्य वा रचना लेख्न कुनै निश्चित समय हुँदैन, सन्दर्भ हुँदैन, रुचि छ भने भाँडा धुँदा–धुँदै, झाडो लगाउँदा–लगाउँदै, साथिहरुसंग, बाइर्कमा, बाटोमा हिँड्दा–हिँड्दै, काम गर्दा–गर्दै शब्दहरु फुर्छन र नोट गर्छु ।” -कुश्मा
धनगढी । भनेको सुनेका छौं…सबै सँग कुनै न कुनै किसिमको अन्तरनिहित क्षमता र सम्भावना लुकेको हुन्छ । तर व्यक्तिको अन्तरनीहित सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउँछ जब कसैको साथ–सहयोग अनि अवसर प्राप्त हुन्छ । हो…तपाइ भित्र पनि विशेष सिप र क्षमता अन्तरनीहित छ….तथापि मात्र एउटा मञ्चमा प्रस्तुतिको खाँचो छ । अब तपाइलाई साथ दिन हामी तयार छौं भन्ने आशयका साथ स्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहन गर्ने गरी स्रष्टा सम्मान स्तम्भ सुरु गरिएको हो । रेडियो केएमसीले थुप्रै सम्भावनालाई संवाद मार्फत जोड्न प्रयासरत छ । यसै यथार्थलाई ध्यानमा राखेर आजको अंकमा हामीले कैलाली वहुमुखी क्याम्पसमा स्नातकोत्तर तेस्रो सेमेस्टरमा समाजशास्त्र विषय अध्ययनरत गजलकार कुश्मा भट्टसंग उहाँका अनुभवहरु र उहाँको साहित्यिक यात्राको चर्चा गर्ने जमर्को गरेका छौँ । (कुराकानी सुन्नुहोस)