भूकम्पका कारण बाजुरामा एक महिलाको ज्यान गयो, अहिलेसम्म २६ वटा घर भत्किए, क्षतिको विवरण संकलनको काम जारी । (प्रमुख जिल्ला अधिकारीसंगको कुराकानी सहित)

धनगढी। आज मङ्गलबार दिउँसो २ बजेर ४४ मिनेटमा बाजुरा केन्द्रविन्दु बनाएर गएको ५.९ रेकटर स्केलको भूकम्पका कारण बाजुरामा एक महिलाको ज्यान गएको छ ।

जिल्लाको गौमुल गाउँपालिका–२ की जमुना रोकायाको स्थानिय जङ्गलमा घाँस काट्ने क्रममा भूकम्पको धक्काले भीरबाट खसेको ढुङ्गा लागेर ज्यान गएको प्रमुख जिल्ला अधिकारी पुस्कर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको हिमाली गाउँपालिकामा एकजना महिला वेहोस भएकी छन । हुम्ला जिल्ला घर भई त्यहाँ आफ्नो दिदीको घर आएकी उक्त महिलाको अवस्था भने सामान्य रहेको छ । हिमाली गाउँपालिका वडा नं. १ मा पहिरोमा परी ४० देखि ५० भेडाहरु पुरिएको उहाँले वताउनु भएको छ । भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म २६ वटा घर चर्किएको र भत्किएको प्रारभ्मीक विवरण प्राप्त भएको छ भने विस्तृत विवरण संकलको काम जारी छ ।
यस्तै भूकम्प पिडीतहरुको उद्धार तथा व्ययवस्थापन र क्षतिको विवरण संकलनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाईएको उहाँले वताउनुभयो । उक्त जिल्लमा हिमपात पनि भईरहेका कारण पालिकाहरुसंग सम्पर्क गर्न कठिनाई भईरहेको पनि उहाँको भनाई छ । यद्दपी पालिकाकका प्रमुुख, उप–प्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरु सम्पर्कमा रहेकोले विवरण संकलन र व्यवस्थापनको पहल भईरहेको उहाँले वताउनुभयो ।
(थप विवरण सहित कुराकानी सुन्नुहोस)

 

Leave A Reply

Your email address will not be published.