धनगढी। जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयले बालबालिकालाई हिउँमाथि पढाइ गर्दै आएको छ । जीर्ण बन्दै गएको सो विद्यालय भूकम्पले भत्किने हो कि भन्ने डरमा चिसो भए पनि शिक्षकले बालबालिकालाई अहिले हिउँमाथि बसालेर पढाइ गर्न थालेका हुन् ।
सिद्धेश्वरी आवासीय आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत सरिता गुरुङले विद्यालयभित्र बस्दा भूकम्पको डर लाग्ने गरेकाले चिसो भए पनि बाहिर हिउँमाथि बसेर पढाइ गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘दुई दिनसम्म लगातार हिमपात भयो, आज बल्ल घाम लागेको छ । हिउँ बिलाएको छैन । चिसो अति नै छ, तै पनि भूकम्पको डरले चिसो भए पनि बाक्लो लुगा लगाएर हिउँमै बसेर पढाइ गर्दै आएका छौँ ।’’
सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावत भन्नुहुन्छ, ‘‘पानीसँगै हिमपात भयो । दुई दिनपछि बल्ल घाम लागेको छ । विद्यालय धेरै पुरानो भएको छ । भूकम्पले पटक पटक झट्का दिँदै आएको छ । कति बेला विद्यालय भत्किएर बालबालिका चेपिन्छन् कि भन्ने डरले घाम लागेको समयमा बाहिर बाक्लो हिउँ भए पनि विद्यार्थीलाई त्यसै माथि बेन्च राखेर पढाउँदै आएका छौँ ।’’ यस विद्यालयमा ११२ जना विद्यार्थी अध्ययन गर्छन् ।
हिउँदमा यहाँका अधिकांश विद्यालयले सधैँ यसरी नै विद्यालय सञ्चालन गरेर बालबालिकाहरूलाई पढाइ गर्दै आउनु परेको जानकारी प्रधानाध्यापक रावतले दिनुभयो । गोरखापत्रबाट
I’m extremely inspired with your writing abilities and also with the structure on your blog. Is this a paid subject matter or did you modify it yourself? Either way stay up the nice quality writing, it is uncommon to peer a nice blog like this one nowadays!