महाकाली नदीमा फसेका २० जनाको उद्धार

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदीमा फसेका २० जनाको प्रहरीले उद्धार गरेको छ । सोमबार बिहान ११ बजेतिर महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ८ वटा ट्याक्टरमा २० जना फसेका थिए । भारतीय पक्षले बनबासा पुलको ढोका खोल्दा महाकाली नदीमा पानीको बहाब अचानक बढ्न गई नदीको बीचमा ८ जना ट्याक्टर चालकसहित गिट्टी बालुवा लोड गर्न गएका २० जना फसेका थिए ।
ट्याक्टर डुबेपछि उनीहरु ट्याक्टरको माथी बसेका थिए । तत्कालै इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले बनबासा ब्यारेज पुलसँग समन्वय गरी पुलका ढोका बन्द गर्न लगाएको थियो । सवा १२ बजेतिर जेसीबीको सहयोगमा ट्याक्टर र त्यहाँ फसेका २० जनालाई नदीबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

 

Leave A Reply

Your email address will not be published.