शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भित्र तालहरु बिस्तारै पुरीदै, तर वन्यजन्तुलाई पानीको अभाव हुँदैनः सुचना अधिकारी ऐरसंगको कुराकानी (अडियो सहित)

धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको प्राकृतिक ताल पुरिँदै जाँदा वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस हुने देखिएको छ । गर्मी याममा पानीको सतह घट्नुका साथै जलवायु परिर्वतनका कारण पानी सुक्न थालेसँगै ताल पुरिने जोखिम बढ्दै गइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकृत मनोज ऐरले यहाँ भित्र रहेका रानी ताल, सिकारी ताललगायतका ठूला प्राकृतिक ताल जलकुम्भी, घाँस लगायतले पुरिनुका साथै सुक्ने क्रममा रहेको बताउनुभयो ।

 

‘यहाँ रानी ताल, सिकारी ताल, बाबा ताल, कालीकिच ताल, तारा ताल, सालर्गौडीलगायतका प्राकृति जलवायु परिर्वतनका कारणले पनि हरेक वर्ष सुक्दै गइरहेका छन’ । उहाँले करिब पाँच वर्षअघि प्राकृतिक तालभन्दा टाढा र पानीको स्रोत नभएका स्थानमा वन्यजन्तुको सहजताका लागि कृत्रिम ताल निर्माण गरिएको जानकारी दिनुभयो । त्यसैगरी निकुञ्जभित्र रहेका नालाले पनि वन्यजन्तुलाई सहजता थपिए पनि गर्मी याममा पानी सुक्ने भएकाले चुनौती रहेको छ । निकुञ्ज जीवजन्तु तथा वनस्पतिका लागि महत्त्वपूर्ण वासस्थानसमेत भएकाले तालको संरक्षण आवश्यक रहेको निकुञ्जको भनाइ छ ।

 

Leave A Reply

Your email address will not be published.