बजेट साक्षरताको अभिवृद्धि र पालिकाको बजेट निर्माणमा नागरिकको प्रत्यक्ष सहभागिता हुनु आवश्यक छ ।
के हो 'नागरिक बजेट' र ''बजेट साक्षरता'?
धनगढी। स्थानिय सरकारले बजेट तयार पार्दा सम्बन्धित स्थानिय वासिन्दाका मुद्दा सम्बोधन हुने गरी तयार पार्ने गर्छन? अनि बजेट निर्माणमा नागरिकहरुको सहभागिता र अन्तरक्रिया कत्तिको हुन्छ? यो विषय अति महत्वपुर्ण तर सु–सुप्त अवस्थामा छ ।
धनगढीमा शनिबार सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिता बारे पत्रकारहरुसंग अन्तरत्रियात्मक कार्यक्रममा मित्र समाज संस्थाका कार्यक्रम संयोजक बिनय लामाले स्थानिय सरकारले अनुमोदन गर्ने बजेटहरुमा सबै नागरिकले बजेटका क्षेत्रहरु र त्यसमा रहेका रिक्तता पहिचान गरी बजेट निर्माण प्रक्रियामा अर्थपुर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
पालिकाहरुले डिजिटल माध्यमबाट सुचनाहरुको आदानप्रदान गर्नु, समुदायमा सार्वजजिक सुनुवाई गर्नु , सार्वजनिक लेखा परिक्षण गर्नु जस्ता क्रियाक्लापहरु नागरिक सहभागिताका महत्वपुर्ण पक्ष हुन । त्यसैले यी सबै पक्षहरुलाई समेटेर सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागितालाई लिएर नागरिकहरुसंगको छलफल अगाडी बढाईरहेको उहाँले वताउनुभयो । यसै आधारमा पालिकाको वजेट निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता गराउन वडाहरुमा बजेट वाच ग्रुप निर्माण र अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको उहाँले वताउनुभयो । यस विषयमा सञ्चारकर्मीहरुसंग पनि समन्वय गर्ने उहाँको भनाई छ ।
आर्थिक वर्ष २०७७/७८, २०७/७९ र २०७९/८० को बजेट विष्लेषण गरी त्यसमा रहेका रिक्तताहरु पत्ता लगाएर अबका योजनाहरुको आवश्यक्ता र प्राथमिकता निर्धारण गर्ने साथै चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्ष २०८०/८१ ‘नागरिक वजेट’ (जसमा अधिकतम नागरिकले सुझाएका मुद्दाहरु समेटेर नागरिकमुखि बजेट निर्माण गरिन्छ ) निर्माणको सुरुवात गरिएको उहाँले वताउनुभएको छ ।
हाल यो कार्यक्रम नेपालका ५ वटा स्थानिय तह (ललितपुर महानगरपालिका, जनकपुर उप–महानगरपालिका, नेपालगञ्ज उप–महानगरपालिका र धनगढी उप–महानगरपालिका)मा युरोपियन युनियन, युनिसेफ, युएन उमन लगायतका संस्थाहरुको आर्थिक सहयोगमा विभिन्न उदेश्य लिएर कार्यक्रम सञ्चालनमा छ । जसमा राष्ट्रिय रणनिति र कार्ययोजना २०७८ लाई व्यवाहारिक रुपमा कार्यान्वयन गर्ने, बजेट प्रक्रियालाई निर्देशित र व्यवस्थित बनाउने र नागरिक र समुदायको सहभागिताका लागि स्थान र अवसर प्राप्त गर्ने प्रमुख उदेश्य हुन् । यसका साथै नागरिकमा बजेट साक्षरता हुनु जरुरी छ । जसका कारण पालिकाको नक्साङ्कन, तथ्याङ्क संकलन र विष्लेषण गर्न सहज हुन्छ ।
शनिबार आयोजित कार्यक्रममा मित्र समाज संस्थाका कार्यक्रम संयोजक लामाले नेपालमा सक्रिय जनशक्तिको सदुपयोग गर्दै पालिकाहरुले बजेटका निश्चित क्षेत्रहरु ( आर्थिक, सामाजिक, पुर्वाधार, वातावरण तथा विपद व्यवस्थापन, र पालिकाको सेवा प्रवाह आदि) जस्ता कुराहरुमा उचित तवरले बजेट विनियोजित गर्नु पर्नेमा उहाँको जोड दिँदै विभिन्न तथ्याङकको विष्लेषण समेत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलाली जिल्लाका अध्यक्ष हिमाल जोशीले अबका दिनमा वित्तिय साक्षरतालाई मिडियाले प्रथमिकता दिने र नागरिकलाई वित्तिय सचेतना अभिवृद्धि गर्नमा सहयोग र समन्वय गेर्ने वताउनुभयो ।
नेपालमा जनसंख्याको ठुलो अंश अनौपचारिक आर्थिक क्रियाक्लापहरुमा सम्मिलित छ जसका कारण वित्तिय ऐनको परिपालना, आर्थिक सुदृढिकरणमा वाधा पगिरहेको छ ।
यसलाई सुधार्न स्थानिय सरकारले बजेट निर्माण प्रक्रियामा नागरिक रहभागिता बढाउँदै बजेट साक्षरतामा जोड दिँदै समुचित तवरले बजेट विनियनेजन र वितरण तथा पारदर्शीतामा गम्भीर हुनु जरुरी देखिन्छ । अनि मात्र सार्वजनिक वित्तको सहि व्यवस्थापन र अर्थतन्त्रको आधार बलियो हुन्छ ।