शैलेश्वरी ईङ्ग्लिस वोर्डीङ स्कुलको वार्षिक उत्सव सम्पन्न, आगामी शैक्षिक सत्र २०८० बाट कक्षा ९/१० को पढाई सञ्चालन गर्ने ।

धनगढी । धनगढी उपमहानगरपालिका ५ स्थित शैलेश्वरी ईङ्ग्लिस वोर्डीङ स्कुलले आईतबार आफ्नो २० औँ वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको छ । विद्यालय सञ्चलनमा अभिभावकहरुको साथ अपेक्षित रुपमा रहेकोले शैक्षिक गुणस्तर अभिवृद्धि गर्नेतर्फ आफुहरु केन्द्रित रहने सञ्चालकहरुले वताएका छन । प्राध्यापक डा. हेम राज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिक उत्सव कार्यक्रममा वोल्दै सभाध्यक्ष समेत रहनुभएकाविद्यालयका फाउण्डर एवं धनगढी उप–महानगरपालिकाका निवर्तमान प्रमुख नृप वहादुर वडले यो क्षेत्रमा शिक्षाको अभावलाई पुर्ति गर्ने उदेश्यले सुरु गरिएको विद्यालयको यात्राले सुखद अनुभुति दिलाएको वतउनुभयो ।
खासगरी शिक्षक र अभिभावकहरुको प्रयास र हौसलाले विद्यालयले सफलताको बाटो पाएकाले आगामी दिनमा पनि अभाव, कमि–कमजोरीहरुलाई सुधार गर्दै लैजाने उहाँको भनाई छ ।


यस्तै विद्यालयका अर्का सञ्चालक टेकेन्द्र देउवाले आफुहरुले विद्यार्थीहरुलाई कर्मशील बनाउने र व्यवहारिक शिक्षा प्रदानमा जोड दिएको वताउनुभयो । उक्त विद्यालयका प्रधानाध्यापक जगन्नाथ जोराले वार्षिक उत्सव कार्यक्रममा विद्यार्थीहरुले प्रदर्शन गरेका प्रतिभाप्रति हर्षित हुँदै यो अभिभावकहरुका लागि विद्यालय र शिक्षकहरुको मुल्याङ्कन गर्ने अवसर पनि रहेको वताउनुभयो । यस्तै उहाँले शैलेश्वरी स्कूलले आगामी शैक्षिक सत्र २०८० बाट कक्षा ९/१० को पढाई सञ्चालन गर्ने अनुमति पाईसकेकाले प्रक्रिया पुर्याएर पढाई सञ्चालनको तयारीमा रहेको पनि वताउनुभएको छ । (रिपोर्ट सुन्नुहोस)

 

Leave A Reply

Your email address will not be published.