शिक्षा सवाल स्तम्भः साईनो एजुकेशनका सञ्चालक रोहित चन्दसंगको कुराकानी (अडियो सहित)

धनगढी । शिक्षासंग उन्नत मानव सभ्यताको समग्र परिकल्पना जोडिएको छ। शिक्षा जीवनपर्यन्त हाम्रो अभिन्न अंग हो अर्थात् हाम्रा आशा, अभिलाषा र आकाङ्क्क्षा तृप्त पार्न अनि नयाँ खोज, सोच र परिकल्पनालाई वास्तविक स्वरुप प्रदान गर्न समेत भोलीका लागि हामी आजै उचित तवरले प्रशिक्षित हुनु जरुरी छ। यी सम्भावनाको खोजी र समुन्नत मानव सभ्यताको विकासका लागि शिक्षा र सीपको सहि आर्जन र सदुपयोग हामी सबैको मननयोग्य र चिन्तनको विषय हो । तर के हामी जीवनोपयोगी र समयसापेक्ष शिक्षा आर्जन र प्रयोगमा सक्षम छौँ ? के हाम्रो शैक्षिक लगानी र प्राप्त हुनुपर्ने उपलव्धि सन्तोषजनक अनि पर्याप्त  छन ? वालविकास कक्षादेखि हाम्रा वालवालिका र विद्यार्थीहरु कसरी प्रशिक्षित भइरहेका छन् ? के शिक्षामा सरकारी लगानी र समुदायको लगाव आशातित प्रतिफलका लागि पर्याप्त छ?

यस्ता अनेकन जिज्ञासाहरुले शैक्षिक गतिविधिहरु समयसापेक्ष भए नभएकोबारे तपाई हामीमा उत्सुकता अवश्य पैदा हुन्छ र यिनै जिज्ञासाहरुलाई मेटाउने प्रयत्न सहित शिक्षा सवाल स्तम्भ सुरु गरिएको हो । आजको अंकमा हामले शैक्षिक संस्था प्रति विद्यार्थी र अभिभावकले विश्वास अनि उचित लागानी गर्न सक्ने संस्थाको रुपमा खडा गर्ने आधारहरु के हुन र मोफसलमा सर्व–सुलभ शिक्षा उपलव्ध गराउँदै दक्ष जनशक्ति उत्पादन गर्न के कस्ता चुनौती छन र कसले कसरी भुमिका नर्वाह गर्ने ? अनि नयाँ कार्यक्रमहरुबारेको जानकारी लगायतका विषयलाई समेटेर धनगढी-५ हसनपुर स्थित साईनो एजुकेशनका सञ्चालक रोहित चन्दसंग कुराकानी गरेका छौँ । (अडियो सुन्नुहोस)

प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.