जनस्वाथ्य स्तम्भः हाडजोर्नीमा हुने समस्याहरुको निदान कसरी गर्ने ? हाडजोर्नी विशेषज्ञ डा.घनश्याम जोशीसंगको कुराकानी (अडियो सहित)
धनगढी । भनिन्छ रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनुनै वुद्धिमानी काम हो । किन भने सामान्य रोगको सँक्रमणले पनि मानव स्वाथ्यलाई आक्रान्त पार्न सक्छ ।
यति मात्र होईन कमजोर स्वास्थ्य भएकाको त ज्यानै जाने सम्भावना पनि उत्तिकै हुन्छ बैज्ञानिकहरुले विभिन्न रोगहरुलाई जित्न सक्ने खोप र औषधीहरुको विकास गरी प्रयोगमा ल्याईसके पनि केही गम्भीर रोगमाथी भने बिजय पाउन सकिरहेका छैनन । कतिपय रोगहरुको निदान र उपचार अझै सम्भव देखिएको छैन । तसर्थ रोगको जोखिम न्युनिकरण सम्बन्धमा सरोकारवाला पक्षको ध्यान आर्कषण गराउने र मानव जिवनलाई सुरक्षित तुल्याउन सुरक्षाका उपायहरु पहिलाउने प्रयास हाम्रो रहने छ । आजको अङ्कमा संगीता बोहराले सेती प्रादेशीक अस्पतालमा कार्यरत हाडजोर्नी विशेषज्ञ डा.घनश्याम जोशीसंग मानव शरिरका हाडजोर्नीहरुमा हुने समस्या र तिनको समाधान तथा उपचारबारे कुराकानी गर्नुभएको छ । (अडियो सुन्नुहोस)