धनगढी । नेपालको संविधानले अंश र वशंमा महिलालाई समान अधिकारका साथै निति निमार्ण र राज्य सञ्चालनका सम्पुर्ण अंगहरुमा समानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ । पछिल्लो समय महिलाहरु स्वाबलम्बी र आत्मा निर्भर बन्दै गएका देखिन्छन । यसै पृष्ठभुमिमा आज अन्तराष्टिय नारी दिवस शुदुरपश्चिम डेउडा प्रतिष्ठान पनि मनाएको छ । भाषा ,कला र संस्कृतको जर्गेना सहित समाजमा महिलाहरु विरुद्ध हुने हिंसा र उत्पीडनको अन्त्य गर्न र विकृत पर्था र प्रम्पराहरुलाई अन्त्य गर्दै सम्मानजनक स्थान पाउनु पर्ने कार्यक्रममा सहभागि महिला हरुले आवाज उठाएका छन ।
डेउडा प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा बिशिष्ट अतिथि रहनु भएका बरिष्ठ डेउडा गायक यज्ञराज उपाध्यायले समाजमा नारीको स्थान सम्मानजनक रहेको र हरेक नारीलाई दिदि बहिनी र आमाको रुपमा श्रद्धाभाव राख्नु पर्ने बताउनु भयो ।
यस्तै वर्षको एक दिन मात्रै नारी दिवस मनाएर नारीले आफ्नो पुर्ण हक अधिकार नपाउने डेउडा गायीका सरीता कठायतले बताउनु भयो ।
महिलाले भोगिरहेका पिडालाई सम्झिदै गायीका डिक्रा देवी बादीले पनि आफ्नो ठाडी भाका मार्फत नारी दिवसको शुभकामना दिनु भयो ।