धनगढी । राष्ट्रिय लोक तथा दोहारी प्रतिष्ठान सुदुरपश्चिम प्रदेश समितिले नव प्रतिभा पहिचान र लोक संस्कृति संरक्षणका लागि हाम्रो अभियान मूल नारा सहित प्रदेश स्तरीय खुल्ला एकल गायन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यहि चैत्र ४ गते कैलाली जनपुस्तकालयको सभाहलमा प्रदेश भरीकै संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन झागी प्रदर्शन सहित वृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिन लागेको लोक तथा दोहारी प्रतिष्ठान सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष पूर्ण प्रसाद भाटले वताउनुभयो । वुधवार पत्रकार सम्मेलन गर्दै सामाजिक विकास मन्त्रालयको समन्वय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा प्रतियोगिता गरिने उहाँले वताउनु भयो । उक्त प्रतियोगिताको विजेताले नगद रु २५ हजार ट्रफी र प्रमाण पत्र, उप विजेताले २० हजार ट्रफी र प्रमाण पत्र, तेस्रो हुनेले १५ हजार ट्रफी र प्रमाण पत्र, र सान्त्वना हुनेले १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन । साथै सहभागिलाई प्रमाणपत्र र अग्रज स्रष्टाहरुलाई सम्मान गरिने समितिले जनाएको छ ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट एक/ एक जनाको सहभागिता रहने छ । सुदुरपश्चिमका लुकेका र नयाँ प्रतिभालाई हौसला दिन विशेष अवसर दिईने आयोजकले जनाएको छ ।