मत परिणाम अपडेटः ५६६ मतका साथ अध्यक्षमा अनेरास्ववियुका यमराज जोशीको अग्रता कायमै ।

धनगढी । सुदुरपश्चिम विश्वविद्यालय कैलाली वहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियको वुधवार भएको निर्वाचनको मत आज गणना हुँदै छ ।
स्ववियु निर्वाचन समितिका प्रमुख अम्बिकेश्वर प्रसाद जोशीका अनुसार हिजो क्याम्पसका ४ हजार ३३३ मतदाता मध्ये २ हजार ३६३ जनाले मत हालेका थिए । आज दिउँसो साढे १ बजेबाट मतगणना सुरु भएको हो । मत गणना जारी छ, साँझ साढे ६ बजे सम्मको मत परिणाम अनुसार १ हजार ७६२ मत गणना हुँदा अध्यक्ष पदमा अनेरास्ववियुका तर्फबाट उम्मेदवार यमराज जोशीले ५६६ मतका साथ अग्रता कायम गर्नुभएको छ । त्यस्तै नेविसंघका तर्फबाट उम्मेदवार ५६० मतका साथ पछ्याईरहनु भएको छ । अखिल क्रान्तिकारीका पवन सुनारले ३७० मत पाउनु भएको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नविन शाहुले ११९, स्वतन्त्र विद्यार्थी समुहका खगेन्द्र प्रसाद अवस्थीले ६२, स्वतन्त्र उम्मेदवार ध्रुवराज न्यौपानेले २ र विष्णु कुमार साउँदले १९ मत प्रप्त गर्नुभएको छ ।

यस्तै सचिव पदमा नेविसंघका तर्फबाट उम्मेदवार सन्तोष पन्तले ६७७ मत प्राप्त गरि अग्रता कायम गरिरहनु भएको छ ।
अनेरास्ववियुका तर्फबाट उम्मेदवार रमेश बोहराले ४३८ मतका साथ उहाँलाई पछ्याई रहनु भएको छ । अखिल क्रान्तिकारीका विनोद बिष्टले २८०, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नरेन्द्र सिंह साउँदले ८७, स्वतन्त्र उम्मेदवार सन्तोष राज उपाध्यायले १३१, कमला तिममिल्सिनाले ६१ मत प्राप्त गर्नुभएको छ ।

कोषाध्यक्ष पदमा नेविसंघकी अम्बिका चौधरीले ५९२ मत पाउनुभएको छ । अखिल क्रान्तिकारीका दिनेश जोशी ४३७, अनेरास्ववियुकी पुजा शाहले ३४१ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनकी करुणा चन्दले १५३ मत र स्वतन्त्रबाट सुष्मा खड्काले १५१ मत प्रप्त गर्नुभएको छ ।

समानुपातिक तर्फ २ हजार २ सय ६९ मत गणना हुँदा अनेरास्ववियुले ७६३, नेविसंघले ७५१, अखिल क्रान्तिकारीले ४३४, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले १७१ र स्वतन्त्र विद्यार्थी समुहले १५० मत प्राप्त गरेका छन । ९४ मत वदर भएका जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.