समानुपातिक तर्फको मत गणना सम्पन्न ।

धनगढी । कैलाली वहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियको वुधवार भएको निर्वाचनको समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ ।
स्ववियु निर्वाचन समितिका प्रमुख अम्बिकेश्वर प्रसाद जोशीका अनुसार हिजो क्याम्पसका ४ हजार ३४५ मतदाता मध्ये २ हजार ३६८ जनाले मत हालेका थिए । जसमा समानुपातिक तर्फ जम्मा २ हजार ३ सय ६३ मत मध्ये अनेरास्ववियुले ७६३, नेविसंघले ७५१, अखिल क्रान्तिकारीले ४३४, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले १७१ र स्वतन्त्र विद्यार्थी समुहले १५० मत प्राप्त गरेका छन । ९४ मत वदर भएका जनाईएको छ । प्रत्यक्ष तर्फको मतगणना भने जारी छ ।

Leave A Reply

Your email address will not be published.