धनगढी । सुदुरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस कैलाली वहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत वुधवार भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ ।
स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत सह–प्राध्यापक अम्विकेस्वर प्रसाद जोशीका अनुसार शुक्रबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्ष पदमा एमाले निकट अनेरास्ववियुका यमराज जोशी ७२२ मत सहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दि नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघका हरिस क्षेत्रीले ७०५मत प्राप्त गर्नुभयो । यस्तै सचिव पदमा नेविसंघका सन्तोष पन्त ८५६ मत सहित विजयी हुनु भएको छ । उहाँका उहाँका निकटतम प्रतिद्वन्दि अनेरास्ववियुका रमेश बहादुर बोहराले ५८३ मत प्राप्त गर्नुभयो ।
कोषध्यक्ष पदमा नेविसंघसकी अम्विका चौधरी ७६४ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धि अखिल क्रान्तिकारीका दिनेशराज जोशीले ५७२ मत प्रप्त गर्नुभएको छ ।
