कैलाली वहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियको निर्वाचनको मत गणना सम्पन्न , सदस्य सहितको मत परिणाम सार्वजनीक
धनगढी । सुदुरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस कैलाली वहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत वुधवार भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ ।
स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत सह–प्राध्यापक अम्विकेस्वर प्रसाद जोशीका अनुसार शुक्रबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्ष पदमा एमाले निकट अनेरास्ववियुका यमराज जोशी ७२२ मत सहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दि नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघका हरिस क्षेत्रीले ७०५मत प्राप्त गर्नुभयो । यस्तै सचिव पदमा नेविसंघका सन्तोष पन्त ८५६ मत सहित विजयी हुनु भएको छ । उहाँका उहाँका निकटतम प्रतिद्वन्दि अनेरास्ववियुका रमेश बहादुर बोहराले ५८३ मत प्राप्त गर्नुभयो ।
कोषध्यक्ष पदमा नेविसंघसकी अम्विका चौधरी ७६४ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धि अखिल क्रान्तिकारीका दिनेशराज जोशीले ५७२ मत प्राप्त गर्नुभएको छ ।
सदस्यमा नेवि संघ की गौरी सिहंले ८६८मत प्राप्त गरी पहिलो नम्बरमा विजयी हुनु भएकी छन ।,प्रमिला शाहले ७८७,कमल कुमार ऐडीले ७८०,गणेश राज उपाध्याय ७३३,हिमाल थापा ७३२,जनक अवस्थी ७७१,वर्षा सुनार ७०४ ,मत प्राप्त गरी विजयी भएका छन ।
भने अनेरास्ववियुका कपिल दत्त भट्ट ८५८मत प्राप्त गरी दोस्रो स्थानमा विजय हुनु भएको छ । लोकेन्द्र चौधरी ६७८ मत प्राप्त गरी विजयी भएका छन । नेवि संघ बाट जम्मा ७ र अनेरास्वविय बाट २ जना गरी जम्मा ९ जना सदस्य विजयी भएका छन ।