धनगढी । भनेको सुनेका छौं सबै सँग कुनै न कुनै किसिमको अन्तरनिहित क्षमता र सम्भावना लुकेको हुन्छ । तर व्यक्तिको अन्तरनिहित सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउँछ जब कसैको साथ,सहयोग अनि अवसर प्राप्त हुन्छ ।
हो तपाई भित्र पनि विशेष सिप र क्षमता अन्तरनिहित छ । तथापि मात्र एउटा मञ्चमा प्रस्तुतिको खाँचो छ । अब तपाइलाई साथ दिन हामी तयार छौं भन्ने आशयका साथ स्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहन गर्ने गरी स्रष्टा सम्मान स्तम्भ सुरु गरिएको हो। रेडियो केएमसीले थुप्रै सम्भावनालाई संवाद मार्फत जोड्न प्रयासरत छ । आजको अंकमा हामीले कैलाली बहुमुखी क्यामपसमा बि .ए.ड. चौथो सेमेष्टरमा अध्ययनरत कविता लेखनमा कलम चलाइरहनु भएका साहित्य अनुरागी किरण विश्वकर्माको साहित्यिक यात्राको चर्चा गर्ने जमर्को गरेका छौँ । (कुराकानी सुन्नुहोस)