शिक्षा सवाल: मध्यपश्चिम विश्वविद्यालयको प्रगति र उपकूलपति एवं (वैज्ञानिक) प्राध्यापक डा.नन्द बहादुर सिंहका महत्वाकाङ्क्षी योजनाबारे चर्चा (अडियो सहित)
धनगढी । शिक्षासंग उन्नत मानव सभ्यताको समग्र परिकल्पना जोडिएको छ। शिक्षा जीवनपर्यन्त हाम्रो अभिन्न अंग हो अर्थात हाम्रा आशा, अभिलाषा र आकाङ्क्क्षा तृप्त पार्न अनि नयाँ खोज, सोच र परिकल्पनालाई वास्तविक स्वरुप प्रदान गर्न समेत भोलिका लागि हामी आजै उचित तवरले प्रशिक्षित हुनु जरुरी छ। यी सम्भावनाको खोजी र समुन्नत मानव सभ्यताको विकासका लागि शिक्षा र सीपको सहि आर्जन र सदुपयोग हामी सबैको मननयोग्य र चिन्तनको विषय हो । तर के हामी जीवनोपयोगी र समयसापेक्ष शिक्षा आर्जन र प्रयोगमा सक्षम छौँ? के हाम्रो शैक्षिक लगानी र प्राप्त हुनुपर्ने उपलव्धि सन्तोषजनक अनि पर्याप्त छन? वालविकास कक्षादेखि हाम्रा वालवालिका र विद्यार्थीहरु कसरी प्रशिक्षित भइरहेका छन् ? के शिक्षामा सरकारी लगानी र समुदायको लगाव आशातित प्रतिफलका लागि पर्याप्त छ?
यस्ता अनेकन जिज्ञासाहरुले शैक्षिक गतिविधिहरु समयसापेक्ष भए नभएकोबारे तपाई हामीमा उत्सुकता अवश्य पैदा हुन्छ र यिनै जिज्ञासाहरुलाई मेटाउने प्रयत्न सहित शिक्षा सवाल स्तम्भ सुरु गरिएको हो । आजको अंकमा कैलाली वहुमुखी क्याम्पसका उप–प्राध्यापक एवं रेडियो केएमसीका स्टेशन प्रमुख भुवन भण्डारीले मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति एवं वैज्ञानिक तथा अनुसन्धानकर्ता प्राध्यापक डा.नन्द बहादुर सिंहबिच रहेर विश्वविद्यालयको विकास र शैक्षिक उन्नयनका लागि अपनाईएको फरक दुरदर्शिता, सरकारी लगानी र नितिको कार्यान्वयनको अवस्था र उहाँका महत्वाकाङ्क्षी योजनाबारे चर्चा–परिचर्चा गनुभएको छ ।