कैलाली वहुमुखी क्याम्पसका प्राध्यापक र विद्यार्थीहरुको टोली आजदेखि सुदुरपश्चिमाका प्रमुख पर्यटकीय स्थलहरुको भ्रमणमा
धनगढी । कैलाली वहुमुखी क्याम्पसका प्राध्यापक र स्नातक तहका विद्यार्थीहरुको टोली आज देखि सुदुरपश्चिमाका प्रमुख पर्यटकीय स्थलहरुको अध्ययन गर्न स्थलगत भ्रमणमा जाँदै छ ।
१६ जनाको उक्त अध्ययन टोलीले यहाँका अछाम, बझाङ, बाजुरा, डोटी र डडेल्धुराका विभिन्न स्थानको भ्रमण गर्ने टोलीका विद्यार्थी संयोजक पवन सुनारले वताउनुभयो । भ्रमणमा क्याम्पसमा स्नातक तह बि.बि.एस. तेस्रो वर्ष, बि.बि.ए.,बि.एड.र कानून संकायमा अध्ययनरत विद्यार्थीहरु सहभागि रहेका छन । यहाँको पर्यटन सम्भावना, चुनौती र वर्तमान आवस्थाबारे अध्ययन गरि पर्यटन प्रवद्र्धन सहित साँस्कृतिक र सामाजिक पक्ष र जीवनशैलीको उजागर गर्ने उदेश्य रहेको उहाँले वताउनुभयो । यसले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुनुका साथै पर्यटन र सँस्कृतिको संरक्षण एवं प्रवद्र्धन र रोजगारी सिर्जना गर्न प्रदेश ताथा संघ सरकारको ध्यानाकर्षण गराउने उहाँको भनाई छ ।
भ्रमणमा सहभागी स्वतन्त्र विद्यार्थी युनियनका सदस्य कपिल दत्त भट्टले प्राध्यापक र विद्यार्थीहरुको आर्थिक सहयोगमा प्रदेशका विभिन्न स्थानमा ५ दिनको भ्रमण गर्ने र प्रतिवेदन तयार पार्ने उहाँले वताउनुभयो ।