ग्रीन एण्ड क्लीन के.एम.सी.को परिकल्पना र पर्यावरणीय सन्तुलनमा युवाको भुमिकाबारे चर्चा–परिचर्चा । (अध्यक्ष दिपेश जोशीसंगको कुराकानी)

धनगढी । शिक्षासंग उन्नत मानव सभ्यताको समग्र परिकल्पना जोडिएको छ। शिक्षा जीवनपर्यन्त हाम्रो अभिन्न अंग हो अर्थात् हाम्रा आशा, अभिलाषा र आकाङ्कक्षा तृप्त पार्न अनि नयाँ खोज, सोच र परिकल्पनालाई वास्तविक स्वरुप प्रदान गर्न समेत भोलिका लागि हामी आजै उचित तवरले प्रशिक्षित हुनु जरुरी छ। यी सम्भावनाको खोजी र समुन्नत मानव सभ्यताको विकासका लागि शिक्षा र सीपको सहि आर्जन र सदुपयोग हामी सबैको मननयोग्य र चिन्तनको विषय हो ।

यति मात्र होईन विश्व मानव समुदायले हाल भोगरिहेको जलवायु पविर्तन, वातावरण प्रदुषण र विश्व तापमानमा वृद्धि यी मुख्य तीन समस्याले मानिसको भावि अस्तित्व माथि नै प्रश्न चिन्ह खडा भएको छ । जसको परिणामबाट केहि हद सम्म भएपनि बच्नका लागि हामीले समयमै पर्यावरणीय संरक्षण एवं पारिस्थितिक प्रणालीको सन्तुलनमा ध्यान दिन आवश्यक छ ।
यही कुरालाई वोध गरि केही युवा वर्गको सक्रियतामा वि.सं. २०६८ सालमा ग्रीन एण्ड क्लिन धनगढीको परिकल्पना गरियो, जसले वृक्षारोपण र वातावरण प्रदुषण न्युनिकरणमा बेला बेलामा विभिन्न अभियनहरु सञ्चालन गर्ने गर्दछ ।

यस अवधारणलाई मूर्त रुप दिन तथा फलदायी बनाउन युवाहरुको भुमिका महत्वपूर्ण छ । त्यसकारण यस्ता अभियानलाई व्यापक बनाउनुका साथै र समुदाय स्तरमा रिझाउन विद्यार्थीहरुलाई जोड्ने प्रयास स्वरुप गत असोज महिना देखि कैलाली वहुमुखी क्याम्पसमा पनि ग्रीन एण्ड क्लिन केएमसी क्लवको स्थापना गरिएको छ र आजको अंकमा जयन्त सिंह भाटले उक्त क्लवको काम कार्वाही, उद्धेश्य एवं अबको सोच बारे क्लवका अध्यक्ष दिपेश जोशीसंग कुराकानी गर्नुभएको छ । (कुराकानी सुन्नुहोस)

Leave A Reply

Your email address will not be published.