लागु औषध (राजनद्वारा रचित गिति कविता)

कुसंस्कार अपराध बढ्ने लागु औषध छुन्न
सुनौलो भविष्य कोर्छु तर दुर्व्यसनी भई रुन्न
लागूपदार्थ तस्करी विरुद्ध निरन्तर लागि रहनेछौ
कानुन पनि बलियो बनोस् आवाज उठाउनेछौ

लागूऔषध तस्कर गर्नेलाई कानुनी कारबाही गरौँ
समाजबाट लागु औषध निर्मूल पार्न हामी अगाडी सरौँ
लागूऔषध सेवनबाट बचाउ है गाउँ ,घर ,समाज
कुलतमा फस्न नपाओस् है हाम्रो समाज

आफू पनि बचौँ समाजलाई पनि बचाउनुपर्छ
कुसंस्कार अपराध बढ्ने लागूऔषध सेवन बाट बच्नुपर्छ
लागूऔषध मुक्त समाजको निर्माण गर्न सबैले लाग्नुपर्छ
सबै जना मिलेर समाजमा चेतना फैलाउनु पर्छ

कानुनमा लेखेर मात्र हुँदैन व्यवहारमा लागु गर्नुपर्छ
देशका सबै जनतामा सचेतनाको बिउ रोप्नुपर्छ
लागूपदार्थ सेवन देशको चिन्ताको विषय बनेको छ
यसले देशको युवा जनशक्तिलाई बर्बाद बनाउन सक्छ

धनको नाश कुलतले जेलको बास हुन्छ
लागूपदार्थ तस्करी छोराबाट के आस गर्न सकिन्छ
लागूपदार्थ ओसार पसार बेचबिखन पुरै बन्द गर्नुपर्छ
लागूऔषधको कुलतबाट समाजलाई जोगाउनु पर्छ

गाँजा, अफिम,हेरोइन ,चरेस आदिको अगाडी छोराछोरी नपरुन्
धूम्रपान गर्दा फोक्सोमा हानि हुन्छ आजैबाट सुध्रिन सकुन्
लागूऔषध बेचबिखनले समाजलाई भित्र भित्र खादै छ
प्रयोग नगरौँ लागूऔषध कसैले पनि लागूऔषधले जीवन सडाउँछ

खानु हुन्न भन्दा भन्दै जानी जानी खायो भने छुटाउनलाई समस्या हुन्छ
पैसाको लोभमा कसैले नि गैर कानुनी काम नगरौँ, कानुनी सजाय हुन्छ
लागूपदार्थको सेवनले लिन्छ हाम्रो ज्यान यसैले नछोएकै एकदम राम्रो
परिवार, समाज र राष्ट्रलाई नै क्षति हुनबाट रोकौँ बालौँ सचेतनाको दियो

 

नाम (गोबिन्द राज ओझा (राजन)
ठेगाना(दिपायल सिलगढी न.पा.–२, दिपायल डोटी

Leave A Reply

Your email address will not be published.