कैलालीको मनहरा र खमौरा तेक्वन्दो डोजाङका खेलाडीहरुलाई अपग्रेडिङ प्रमाण पत्र वितरण

धनगढी । मनहरा तेक्वान्दो डोजाङ र खमौरा तेक्वान्दो डोजाङको आयोजनामा तेक्वान्दो सिक्ने खेलाडीहरुलाई प्रमाण पत्र वितरण तथा जुनियर ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
गोदावरी नगरपालका वडन नं.५ स्थित सरस्वती माद्ययमिक विद्यालयको प्राङ्गणमा आज एक कार्यक्रकाबिच कैलाली जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष दिपेन्द्र वहादुर सिंहले दुबै डोजाङमा आवद्ध दुई सय जना विद्यार्थीहरुलाई ब्लेक बेल्ट प्रथम र दोस्रो डान प्रमाण पत्र वितरण तथा जुनियर ग्रेडिङ कार्यक्रममा सभापति रहनु भएका सिंहले उक्त डोजाङका खेलाडीहरुमा तेक्वान्दो खेल्ने रहर र सम्भावना प्रचुर भएकाले त्यसका लागि उपयुक्त वातावरण निर्माण गरिदिने अभिभावकत्व ग्रहण गर्न विद्यालयका प्रधानाध्यपक र वडाअध्यक्षलाई आग्रह गर्नुभयो ।
मनेहरा डोजाङमा कैलाली जिल्लामै सबैभन्दा बढी विद्यार्थीहरु आवद्ध रहेकाले उनिहरुलाई सिक्ने ठाउँको अभावका कारण कहिले नदि किनार वा जङ्गलका किनार तथा चौरमा लगेर सिकाउनुपर्ने वाध्यता रहेकाले त्यसको अन्त्य गर्न पहल गरिदिन उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं.४ का अध्यक्ष वुद्धि वहादुर खड्काले खेलकूदले र व्यक्ति स्वस्थ हुनुका साथै खेलाडीलाई अनुशासित र मार्यादित बनाउदै ठाउँ र समाजको पहिचान बोक्ने भएकाले यसको विकासमा जोड दिनुपर्ने वताउनुभयो । मानिस खालि बस्दा कुलतमा लाग्न सक्ने भएकाले बिग्रनबाट बचाउन पनि तेक्वान्दोले सहयोग पुगाउने वताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष सुद्धिराम चौधरीले खेलाडीहरुको लगनशीलता र प्रशिक्षकको मिहेनतको प्रशंसा गर्दै समस्या सम्बोधन गर्न पहल गर्ने वताउनुभयो । कार्यक्रमको संयोजन तथा सञ्चालन प्रशिक्षक सुनिल बिष्टले गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.