(कुराकानी सुन्नुहोस )
धनगढी । भनिन्छ रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै वुद्धिमानी काम हो, किनभने सामान्य रोगको संक्रमणले पनि मानव स्वाथ्यलाई आक्रान्त पार्न सक्छ ।
यति मात्र होईन कमजोर स्वास्थ्य भएकाको त ज्यानै जाने सम्भावना पनि उत्तिकै हुन्छ बैज्ञानिकहरुले विभिन्न रोगहरुलाई जित्न सक्ने खोप र औषधीहरुको विकास गरी प्रयोगमा ल्याईसके पनि केही गम्भीर रोगमाथी भने बिजय पाउन सकिरहेका छैनन । कतिपय रोगहरुको निदान र उपचार अझै सम्भव देखिएको छैन । तसर्थ, रोगको जोखिम न्युनिकरण सम्बन्धमा सरोकारवाला पक्षको ध्यान आर्कषण गराउने र मानव जिवनलाई सुरक्षित तुल्याउन सुरक्षाका उपायहरु पहिलाउने प्रयास हाम्रो रहने छ । आजको अङ्कमा हामीले जिल्ला स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक तथा सुचना अधिकारी तेज बिक्रम शाह संग डेङ्गी रोगका लक्षणहरु र यसबाट बच्ने उपाय बारे कुराकानी गरेका छौं ।