कैलाली बहुमुखी क्याम्पसमा आयोजित रक्तदान कार्यक्रममार्फत ३० पिन्ट रगत संकलन

धनगढी। नेपाल युवा रेडक्रस सर्कल कैलाली बहुमुखी क्याम्पसले वुधबार वृहत रक्तदान कार्यक्रम तथा आँखा शिविर आयोजना गरेको छ । क्याम्पसमा एक कार्यक्रमकाबिच विद्यार्थीहरुले रक्तदान गरेका छन् । उक्त कार्यक्रममार्फत ३० पिन्ट रगत संकलन भएको रेडक्रस सर्कलका अध्यक्ष महेन्द्र चन्दले जानकारी दिनुभयो।
कार्यक्रममा विद्यार्थीहरुको आधारभूत स्वास्थ्य परिक्षण पनि गरिएको थियो,  जसमा ६० जनाले आँखाको चेक अप गराएका थिए । रेडक्रस सर्कलले आजै आमाको माया छात्राबास धनगढीमा फलफूल पनि वितरण गरेको छ । बेलाबेलामा आयोजना हुने यस्ता कार्यक्रमले विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्व र सेवाको भावना जागृत हुने र रेडक्रस सर्कलले आफ्नो दायित्व वहन गर्दैआएको उपचारात्मक सेवालाई पनि बढावा मिल्ने अध्यक्ष चन्दले वताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.