धनगढी । भाषा, साहित्य, कला र संस्कृतिको सम्मिश्रण विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसले आयोजना गरेको “अक्षरादि डबली” कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थी साहित्यकारहरुका प्रतिभा उजागर गर्ने उद्धश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । प्रतिष्ठानका अध्यक्ष सन्तोष पन्तले यस्ता साहित्यक डबलीमार्फत विद्यार्थीहरुमा साहित्यको अङ्कुरण,पुष्पन र पल्लवन गर्न सहयोग पुग्ने वताउनुभयो । उक्त साहित्यिक कार्यक्रममा ३० भन्दा बढी विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । वुधबारको कार्यक्रम विशेष गरि गजल, मुक्तक र कविता वाचनमा आधारित थियो। तर आगामी दिनमा स्रष्टाहरुका रचना सुन्ने र सुनाउने मात्र नभई साहित्य सिक्ने र सिकाउने थलो र अवसरका रुपमा विकास गर्दै लैजाने उहाँको भनाई छ ।
कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले विद्यार्थी साहित्य प्रतिष्ठानको गौरवमय ईतिहासलाई जोगाईराख्न र सुदुरपश्चिमका कवि तथा साहित्यकारहरुको जननी विद्यार्थी साहित्य प्रतिष्ठानको विकास र विस्तारमा नयाँ पुस्ताको यो प्रयास प्रशंसनिय रहेको वताउनुभयो । विद्यार्थी साहित्य प्रतिष्ठानको गठन कैलाली बहुमुखी क्याम्पसमा वि.सं.२०५५ सालमा भएको थियो ।